×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकर ज्ञानु कृष्ण अधिकारीको दशैं : दक्षिणा राखिएको खाममै सन्देश, ‘नोट सफा राखौं’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  हिन्दू नेपालीहरुको महान् चाड बडादशैं आज देश तथा विदेशमा धुमधामका साथ् मनाइदैछ ।  ठुलाबढा तथा आफन्तहरुबाट दशैंको टिका थाप्ने र आशीर्वाद लिने काम भइरहेको छ । बिजया दशमीको दिन बिहान ११ बजेर ५५ मिनेटमा साइत रहेकाले सोहि समयदेखि कोजाग्रत पूर्णिमासम्म यो क्रम जारी रहनेछ ।

यसैबीच नेपाली बैंकरहरुको दशैंमा पनि केहि न केहि फरकपन देखिएको छ । नेपाल राष्ट्र बैंकले नोट सफा राख्न गरेको अनुरोधलाई बैंकर ज्ञानु कृष्ण अधिकारीले खाममै ‘नोट सफा राखौं’ लेखी समर्थन जनाएका छन् । बैंकर अधिकारीको यो कामलाई सामाजिक संजालका प्रयोगकर्ताहरुले मन मात्र पराएका छैनन् सबै नेपालीले नोट सफा राख्नु पर्ने कुरामा जोडसमेत दिएका छन् ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: