×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गौचन हत्याकाण्ड : कहाँ चुक्यो प्रहरी ?

काठमाडौं । अन्डरवल्ड डनको शैलीमा दिन दाहाडै काठमाडौंमा भएको दुई घटनाको अनुसन्धानमा प्रहरी चुकेको छ । ६ महिना अगाडी गौरीघाट गुहेश्वरीमा दावा लामा र एक महिना अगाडी निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डको अनुसन्धानमा प्रहरी चुकेको हो । 
गौचन हत्याकाण्ड हाईप्रोफाईल मर्डर भएपनि प्रहरीले कुनै सुराक पत्ता लगाउन सकेको छैन । दिन दाहाडै राजधानीको मुटु मानिने नयाँबानेश्वरमा भएको उक्त हत्याकाण्ड पश्चात देश भरका निमार्णसम्बन्धी काम समेत ठप्प भएको छ । 
हत्याकाण्डको अनुसन्धानमा भिन्नाभिन्नै रूपमा आधा दर्जन प्रहरी टोली सक्रिय भएपनि हात लाग्यो शुन्य भएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको एक टोली हत्यारा खाज्दै भारतको दिल्ली पुगेर यहि साता नेपाल फिर्कीसकेको छ । आयुक्त कार्यालयको एक टोली बुटवलको गल्लीमा हत्यारा खोज्दै छ । तर पनि प्रहरीले कुनै उपलब्धी हासिल गर्न सकेको छैन । 
स्रोतका अनुसार गौचन हत्याकाण्डका सुटर भारत छिरीसकेका छन् । तर सुटरलाई गौचनसम्म पु¥याउने माध्यम भने नेपाल मै छन् । जुन काठमाडौंका गुण्डा नाईके समिरमान बस्नेतका सहयोगी हुन् । दुई वटा मोटरसाईकल चलाउने अहिले पनि उपत्यका भित्रै रहेको स्रोतको दाबी छ । गौचन हत्या र लामालाई गोली प्रहार पश्चात फोन गर्ने लोप्साङ लामा पनि भारतमै छन् । उनको काम फोन गर्ने मात्र हो । बुटवलको दुर्गा तिवारी हत्याकाण्डका नाईके मनोज पुन र बस्नेतको आदेश बमोजिम लोप्साङले घटनाको जिम्मेवारी लिदै व्यापारीलाई समेत धम्क्याउँदै आएका छन् । 
पाँच बर्ष अगाडी लोप्साङलाई बस्नेतले अन्नपूर्ण होटलमा अव्यवस्थित क्यासिनो अन्नामा बाउन्सरको जागिर लगाईदिएका थिए । बाफलमा भएको एक ज्यानमार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा पुगेका लोप्साङ पछिल्लो समय बस्नेतका हनुमानको रूपमा काम गर्दै आएका छन् । 
गौचन हत्याकाण्डमा ठेकदार सन्तोष गौतमको समेत हात रहेको आरोप लाग्न थालेको छ । गौतम प्रहरी ईन्काउन्टरमा मारिएका घैंटे भन्ने कुमार श्रेष्ठका पार्टनर हुन् । गजुरमुखी निमार्ण सेवाको नामबाट उनले ठेक्का पट्टा गर्दै आएका छन् । गजुरमुखी निमार्ण सेवामा घैंटेलाई शेयर दिलाउन उनै गौतमले प्रमुख भूमिका खेलेका थिए । घैंटे ईन्काउन्टर पश्चात पछिल्लो समय गौतम फरार भई भारत बसेका बस्नेतलाई प्रयोग गरी काठमाडौंमा ठेक्का कब्जा गर्दै आएका थिए । ४ महिना अघिमात्र सन्तोष गौतमको योजनामा प्रहरी बृत्त कालिमाटी र कलंकीको प्रहरी भवन बनाउने ठेक्का मिलाईएको थियो । यी दुई ठेक्का र अन्य दुई ठेक्काबाट आएको कमिशन सन्तोष गौतमले महासंघका अध्यक्षसमेत रहेका ठेकदार गौचनलाई दिएका थिएनन् । जसका कारण यी दुईको सम्बन्धमा दरार उत्पत्न भएको थियो । 
दुई महिना अघि सेटिङमा मिलाएको १२ अर्बको हुलाकी राजमार्गमा गौचनले अन्य ठेकदारलाई कमिशनमा दिएको तर गौतमलाई दिएका थिएनन् । कमिशन नपाएपछि गौतमले सबै सूचना समिरमान बस्नेत पु¥याएर गौचन र लामा थरका एक ठेकदारलाई बिगत एक महिना अगाडी देखि धम्क्याउँदै आएका थिए । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: