×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हुण्डीको १७ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौँ – प्रहरीले अवैध हुण्डीबाट कारोबार गरिएको करिब १७ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । काभ्रेको पाँचखाल नगरपालिका–१० घर भएका २६ वर्षीय सुवास गौतमलाई स्रोत खुलाउन नसकेको नगद १७ लाख रुपैयाँसहित खिचापोखरीबाट मंगलबार पक्राउ गरिएको हो ।
न्यूरोड क्षेत्रमा हुने अवैध बैङ्किङ कसुर (हुण्डी) कारोबारको नियन्त्रणको क्रममा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेका गौतमलाई खानतलासी गर्दा उक्त नगद फेला परेको हो । गौतमलाई हिरासतमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: