×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइक्यानको सदस्यता नलिएका सिएहरुलाई समकक्षता नदिन टियुमा सुरु भयो लविङ !

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिए र व्यवस्थापन विषयमा स्नातक सकेकाहरुलाई त्रिभुवन विश्वविद्यालयले दिंदै आएको स्नाताकोत्त्तरको समकक्षता भारतीय बोर्ड अन्तर्गतका सिएहरुलाई नदिन लविङ सुरु भएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयको उच्च स्रोतले दिएको जानकारी अनुसार नेपाल चार्टड एकाउन्टेन्स् संस्थाको सदस्य नभएका सिएहरुलाई त्रिभुवन विश्वविद्यालयले दिने समक्षकता रोक्न मन्त्रालयस्तरीय लविङ सुरु भएको छ ।
आइक्यानबाट जाँदा विवाद हुने डरले शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयबाट त्रिभुवन विश्व विद्यालयलाई यस विषयमा लवीङ भइरहेको बुझिएको छ । आइक्यानले केहि समयपछी आइसीएआइमा भर्ना हुने विद्यार्थीले सदस्यता नपाउने निर्णय गरेसँगै उक्त समयसिमालाई नै राखेर यस्तो निर्णय गराउन उच्च स्तरको लवीङ नेपालका केहि सिएहरुकै सहयोगमा भइरहेको बुझिएको छ ।
‘यस विषयमा ठुलै लविङ भएको छ ।  नेपालको नियमनकारी निकायले नै मान्यता दिन छोडेपछी उनीहरुलाई हामीले मान्यता दिने कुरा त आउंदैन् । तर यसका विभिन्न अन्य पक्षहरुको अध्ययन भने गर्न आवश्यक छ ।’ त्रिभुवन विश्व विद्यालय स्रोतले भन्यो ।    
यस विषयमा छलफल गरी केहि समयपछी टियुले आइक्यानलाई यस विषयमा छलफलका लागि बोलाउने समेत तयारी गरिरहेको बुझिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: