×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाइसेन्सको लागि पाँच किलोमिटर लाइन, १५ सयको लाइसेन्स बनाउन कम्तीमा १५ हजार खर्च

विराटनगर – मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानैदेखि हजारौँ मानिस लाइनमा बसे । भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुप¥यो । प्रहरीको लाठीबाट मोरङ बुढीगंगा– १ का टीकाराम निरौलासहित अन्य दुईजना घाइते भए । आजको नयाँ पत्रिकामा खबर छ ।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति कृष्ण अधिकारी आफन्तहरूले धेरै गुनासो गरेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर आइतबार यातायात व्यवस्था कार्यालय पुगे । तर, त्यहाँको अवस्था देखेर उनी पनि चकित भए । पाँच किलोमिटर लामो लाइन । लाइसेन्सको प्रक्रियाका लागि टोकन लिन आएकाको मोटरसाइकलको ताँती र लाइन व्यवस्थापन गर्न प्रहरीले दिइरहेको दबाब देखेर उनी दिक्क भए ।
उनले मोबाइलबाट केही फोटो र भिडियो खिचे अनि फेसबुकमा स्टाटस लेखे, ‘अपराधीले मानव अपहरण गरेर फिरौती लिएकोभन्दा राज्यले नागरिकलाई यातना दिएर ठूलो अपराध गरिरहेको छ । ए प्रतिपक्षका नेताहरू हो नागरिकले पाएको यस्तो सास्तीबारे चाहिँ तिमीहरूले बोल्न पर्दैन ? हे सरकार विधि बनाएर रेगुलर लाइसेन्स दिने व्यावस्था मिलाउँदा के बिग्रन्छ ?’
-नौ महिनापछि खुलेको सवारी यातायातको लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही यातायात कार्यालयमा भेला भएका थिए ।
-हजारौँ मानिस लाइनमा बसेका वेला बिचौलियाहरूले निःशुल्क पाइने टोकन (फारम दर्ता गराउने मिति लेखेको चिट) पाँच सयदेखि १५ सय रुपैयाँसम्म बिक्री गरेका थिए । 
-कोसी अञ्चल यातायात व्यवस्था सवारी अनुमति कार्यालयका प्रमुख श्यामकुमार सिंहले सोचेभन्दा बढी सेवाग्राही आएकाले भिड व्यवस्थापन गर्न समस्या भएको बताए ।
१५ सयको लाइसेन्स बनाउन कम्तीमा १५ हजार खर्च
टोकन लिने हजारौँ भएकाले लाइसेन्स लिन महिनौँ लाग्न सक्छ । सो समयमा लाइसेन्स लिनकै लागि कतिले तोकिएको बिहे सार्नुपर्ने, विदेश जाने मिति बदल्नुपर्नेसमेत हुन्छ । आइतबार घन्टौँ लाइनमा बसेर टोकन लिएका एक युवाले आफ्नो मंसिर अन्तिम साता बिहे परेकाले बिहे छाड्ने कि लाइसेन्स छाड्ने भन्ने दोधारमा परेको बताए ।
‘बिहे छाडाैँ जीवनको कुरो छ, लाइसेन्स छाडौँ फेरि कहिले पाइएला थाहा छैन । फारम दर्ता गराउने मिति पनि त्यही समयमा परेको छ, के गर्ने के नगर्ने अन्योलमा परेको छु,’ उनले भने । पटकपटक धाउनुपर्ने झन्झटले बन्द व्यापार र पेसाकर्मीहरूले पाउने सास्ती त छँदै छ, खाने–बस्ने समस्या र आतेजाते यातायात खर्चको बोझले १५ सय रुपैयाँ राजस्व तिरेर प्राप्त गर्न सकिने लाइसेन्स १५ हजारभन्दा महँगो पर्न जान्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: