×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् भैलिनी महिलाहरुलाई अश्लील गालीगलौज गर्दै बन्दुक ताक्ने ‘मेयरसाप’, बालिबालिकामाथि कुटपिट !

सबैतिर तिहारको रमझमले झिलिमिली भइरहेका बेला हेटौडामा भने जनताले चुनेका मेयरले नै महिलाहरुमाथि दुर्व्यवहार गरेको तथ्य फेला परेको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले देउसी खेलिरहेका महिलाहरुको समूहलाई दुव्र्यवहार मात्रै गरेन् बन्दुक नै तोके । उनले अश्लील गालीगलौज गर्दै जथाभावी पनि बोले । मेयर महतले बिहिबार राति हेटौँडा–५ सिँचाई टोलमा देउसी भैलो खेलीरहेका महिलाहरुलाई दुव्र्यवहार गर्दै बन्दुक तोकेका हुन् ।
भैलीनी समूहकी एक महिलाले दिएको जानकारी अनुसार मेयर महत भैलो खेलिरहेको ठाउँमा गाडीमा सवार भएका मेयरले बन्दुक देखाउँदै चुप लागेर घरघर नगए उठाईदिने धम्की दिएका थिए ।
विगत एक दशकदेखि लाइसन्स लिएर बन्दुक राखेका महतले आफ्नै मतदाता महिलाहरुलाई बन्दुक ताकेपछि विवाद उत्पन्न भएको छ ।
मेयर महतले भैलीनीसँग रहेका एक बालकलाई कुटपिट गर्नुको साथै भैलो खेल्न प्रयोग गरिएका स्पीकर, माइकलगायतका साधनहरु फुटाएको भैली समूहले बताएको छ ।
आज (शुक्रबार) मेयरका अनैतिक गतिविधिविरुद्ध प्रहरीमा उजुरी गर्न तयारी समेत भएको थियो । तर, मेयर महत आफै आएर रक्सीका कारण आफूबाट गल्ती भएको भन्दै माफी मागेका कारण महिलाहरुले उजुरी भने दर्ता नगरेको बताएका छन् ।
उता मेयर महतले आफूसँग बन्दुक भएको स्वीकार गरेका छन् । उनले भैली समूहले भनेजस्तो आफूले बन्दुक नताकेको पनि जिकिर गरे ।
अहिले भोट दिएर महतलाई मेयर बनाएकोमा हेटौंडाका महिलाहरुले पश्चताप गरिरहेका छन् । आगनमा भैली खेल्नेहरु पालैपालो आउने जाने गरिरहेका छन् ।
भैली समूहको सबैले सम्मानजनक आफ्नो गछेअनुसार रुपैयाँ र खानेकुरा दिँदै बिदाई गरिरहेका छन् । तर ती जनप्रतिनिधिले आगनमा आएकी महिला भैली समूहलाई राइफल ताकेपछि उनकाे अहिले चाैतर्फी अालाेचना भइरहेकाे छ । महत नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर बनेका हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: