×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ शक्तिपनि एमालेमा बिलय हुने, अन्य साना दललाई पनि मिलाउने प्रक्रिया तीब्र !


काठमाडौँ- नयाँ शक्ति नेपाल पनि एमालेमा बिलय हुने भएको छ ।  नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट अहिलेका लागि चुनाव लड्ने र पछि पार्टी एकता हुने सहमति भएसँगै नयाँ शक्ति पनि एमालेमा बिलय हुने भएको हो ।
मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका थिए । नेताहरुबीच एमाले, माओवादी र एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।
यसअघि नेकपा माओवादी केन्द्रले एमालेसँग पार्टी एकीकरण गरेर अगाडी बढ्ने निर्णय गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: