×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘चन्द्र साउद’ नेप्सेको सीइओ भएर आउने चर्चाले बजारमा पहिरो, ३२.६४ अंकले घटेर नेप्से १५१०.०१ विन्दुमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – इन्साइडर ट्रेडिङ गरेको आरोपमा अख्तियारमा समेत उजुरी परेका र नेपाल इन्सुरेन्स डुबाएको र यौन काण्डको आरोपमा कम्पनीबाट निकालिएका चन्द्रसिंह  साउद नेप्से आउने चर्चाले सेयर बजारमा पहिरो गएको छ । बुधबारको तुलनामा ३२.६४ अंकले घटेर नेप्से १५१०.०१ विन्दुमा आइपुगेको छ ।
नेप्सेमा चन्द्र साउदजस्तो भ्रष्टाचारको आरोप लागेको व्यक्ति आउने चर्चा एक साथ भएपछि बजार यसरी झरेको विश्लेषकहरु बताउँछन् । नेप्सेमा चन्द्र साउद महाप्रबन्धक भएर आएको खण्डमा नेप्से अझ तल झर्ने विश्लेषण गरिएको छ । इन्साइडर ट्रेडिङको आरोप लागेका व्यक्ति चन्द्र साउदलाई नेप्सेको साँचो हस्तान्तरण गर्ने चर्चा चलिरहेका बेला नेप्से झन् तल जाने आंकलन गरिएको हो ।
यसो त बाम एकताका कारण बजार घटेको हो भन्नेहरु पनि छन् । तर यसअघिएमाले र माओवादीको सरकार हुँदा पनि बजार राम्रै विन्दुमा पुगेको इतिहास हेर्ने हो भने बाम एकता भन्दा पनि चन्द्र साउद नेप्से आउने हल्लाले बजारलाई झन् तल झारेको विश्लेषकहरु बताउँछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: