×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अर्थ सरोकार रेडियो कार्यक्रम’ देशभरका दर्जन बढी रेडियोहरुबाट प्रशारण आरम्भ हुँदै !

काठमाडौँ- अर्थ सरोकार डटकम र अर्थ सरोकार टेलिभिजन कार्यक्रमको सफलतासँगै अर्थ सरोकार रेडियो कार्यक्रमपनि सुरु हुने भएको छ । आउँदो लक्ष्मी पूजाको दिनदेखि देशभरका विभिन्न रेडियो स्टेसनहरुमा फरक-फरक समय गरी अर्थ सरोकार रेडियो कार्यक्रम सुरु हुने भएको हो । 
‘अर्थ सरोकार’ अनलाइन र टेलिभिजनमा ब्रान्डेड कार्यक्रम भएपछि हामीलाई रेडियो सुन्ने स्रोता र कतिपय रेडियोकै साथीहरुले पनि अर्थ सरोकार रेडियोमा पनि बज्नु पर्यो भन्ने सुझाव दिनुभयो । हामीले अध्ययन गर्दा आर्थिक विकृतिको चिरफार गर्ने रेडियो कार्यक्रम पनि नभएको थाहा पायौं । त्यसपछी हामीले ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ को नाममा विभिन्न रेडियोहरुमा आउने भएका छौं ।’ कार्यक्रम निर्माता कम्पनी शुभम् मिडिया प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने ।
उनका अनुसार देश भरका १४ वटा रेडियोहरुबाट कार्यक्रम प्रशारण हुने तय भइसकेको छ भने केहि रेडियोहरुसँग अझै कुराकानी भइरहेको छ । हाल अर्थ सरोकार डटकम अनलाइनमा र अर्थ सरोकार टेलिभिजन कार्यक्रम टिभी टुडे टेलिभिजनमा आइतबारदेखि बिहिबारसम्म प्रकाशन / प्रशारण भइरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: