×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भूकम्प प्रभावितहरुलाई नेपाल रेडक्रसको रु. ६७ करोड सहयोग

काठमाडौँ – २०७२ साल बैशाख १२ गतेको भुकम्प र त्यसपछि लगातारको पराकम्पनहरुबाट ठुलो धनजनको क्षति भएका १४ वटा जिल्लाहरुमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य सम्बन्धि विविध कार्यहरु गर्दै आएको छ । भूकम्प प्रतिकार्य अन्र्तगत मूख्य रुपमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य, जीविकोपार्जन तथा नेपाल रेडक्रस सोसाइटीको सस्थांगत क्षमता बिकास जस्ता गतिविधिहरु सञ्चालित छन् ।
नेपाल रेडक्रस सोसाइटीको यही २०७४ असोज १३ गते शुक्रवार नगरकोटमा आयोजित वार्षिक समिक्षा बैठकमा २०७२ सालमा गएको महाभूकम्पबाट घरहरु क्षतिग्रस्त भएका ६ हजार ६१३ परिवारहरुकालाग्ी आवास निर्माण गर्नको लागी रु. ६७ करोड रकम सहयोग गरेको उक्त वार्षिक समिक्षा बैठकमा जानकारी दिइयो । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा देखिएका नयाँ मानवीय चुनौतीलाई आत्मसाथ गरि मानवीय गतिविधह्ररुलाई अझ वढी प्रभावकारी बनाउँदै लैजाने कुरा पनि सो बैठकमा निर्णय गरिएको जानकारी गराईयो । 
संस्थाका मानवीय सेवा तथा गतिविधिहरुमा स्थानीय तहहरुसंगको सहकार्य बढाउन तथा सामुदायिक सहभागिता बढाउनकोलागी नितिगत आधार तयार गर्ने उक्त समिक्षा बैठकमा निर्णय गरिएको छ । नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष सञ्जीव थापाले सामुदायिक सहभागीता र स्वयंमसेवकको वलबाट नै संस्था सञ्चालित भइरहेको बताउँदै समुदायको संलग्नता वढाउन र त्यसलाई अझ वढी प्रभावकारी बनाउन बैठकले दिशा निर्देश गरेको उहाँले बताउनुभयो । उक्त वार्षिक समिक्षा वैठकमा मूलुकको नयाँ संरचनासंग अनुकूलित हुँदै संस्थाको विधानलाई पनि परिमार्जित गर्दै लाने निर्णय भएको जानकारी दिइयो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: