×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकले काठमाडौंको गौशालामा खोल्यो नयाँ शाखा, तर खाता खोल्दा ‘ठुलो रिस्क’ !

काठमाडौँ – सानिमा बैंकले काठमाण्डौंको गौशालामा ४७औं शाखा खोलेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवर्द्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका छन् ।
बैंक अध्यक्ष श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै नयाँ शाखाबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सानिमा बैंकको उक्तशाखा समेतगरी मेची देखि महाकालीसम्म ४७ वटा शाखा संजाल तथा ५३ वटा एटीएम छन ।
तर सानीमा बैंकमा खाता खोल्दा भने ठुलो रिस्कको सम्भावना हुने डर देखिएको छ । हाकाहाकी केहि आइटी जानकारहरुले अर्थ सरोकार डटकमलाई सानीमाका सम्पूर्ण डाटाहरु आफ्नो हातमा रहेको भन्ने जानकारी दिएपछि हामीले बैंकमा यसबारे अवगत गराउँदा पनि बैंक मौन बसेको छ । आफ्ना ग्राहकप्रति गैरजिम्मेवार रही बैंकले गरेको यस्तो क्रियाकलापले एकातर्फ बैंक आफ्ना ग्राहकहरुप्रति कति गैरजिम्मेवार छ भन्ने देखिएको छ भने अर्कोतर्फ ग्राहकका व्यक्तिगत विवरण ह्याकरको हातमा हुँदा यसले भविष्यमा थुप्रै खाले दुर्घटना निम्तिनसमेत सक्नेछ ।   
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: