×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कटारीमा सुमो दुर्घटना हुँदा ८ जनाको मृत्यु

उदयपुर – उदयपुरको कटारीमा सुमो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । 
उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो कटारी नगरपालिका–११ ठाँटी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।
उनका अनुसार सुमोमा १० जना यात्रु रहेको र चालक र एक जना बालक सहित ३ जना घाइते भएका छन् । घाइतेहरुको उपचालका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ । यस्तै प्रहरीले घटनास्थलमा भेटिएको शव सनाखत गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: