×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कानुनलाई ‘धोती’ लगाएर स्याकार ट्रेडिङ कम्पनीको लुट ! होन्डाका बाइक र स्कुटरमा अधिक कालोबजारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- होन्डा दुईपांग्रे गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले हरेक बाइक बेच्दा जनता लुट्ने काम गरेको तथ्य फेला परेको छ । कम्पनी बाइक वा स्कुटर बेच्दा जनताको पसीना चुस्ने नै गरी प्रचलित कानुन विपरित नाफा खाने गरेको रहस्य पत्ता लागेको छ । कम्पनीले मोटरसाइकल र स्कुटर बेच्दा २२ प्रतिशतदेखि ५३ प्रतिशत सम्म नाफा खाने गरेको रहस्य पत्ता लागेको छ । 

कुन स्कुटरमा कति लुट ?
कम्पनीले बाइकमा भन्दा पनि स्कुटरमा धेरै जनता ठग्ने गरेको छ । कम्पनीले १६४२८०.७१ रुपैयाँमा किनेको युनिकनलाई २४९९०० रुपैयाँमा बेचेर ५२.११ प्रतिशत नाफा खाने गरेको छ । यस्तै होन्डा मोटरसाइकल सीबी होर्नेट २२१८४८.५५ रुपैयाँमा किनेर कम्पनीले २७१९०० रुपैयाँमा बेच्ने गरेको छ । यो नाफा २२.५६ प्रतिशत हुन आउँछ । कम्पनीले होन्डाको डिओ स्कुटीमा ५३ दशमलव ५७ प्रतिशत नाफा राखेको छ । १ लाख १७ हजार ७९६ रुपैयाँ ४६ रुपैयाँ पर्ने यो स्कुटरमा कम्पनीले ६३ हजार १०३ रुपैयाँँ ५४ पैसा नाफा खान्छन् । यसरी हिसाव गर्दा यसको विक्री मूल्य १ लाख ८० हजार ९ सय हुन्छ । यस्तै कम्पनीले बेच्ने होन्डा स्कुटर एभिएटर बेच्दा कम्पनीले ६५२९९.४६ रुपैयाँ अर्थात ५२.८३१ रुपैयाँ नाफा खाने गरेको छ । यो स्कुटर कम्पनीले १२३६००.५४ रुपैयाँमा ल्याएर १८८९०० रुपैयाँमा बेच्ने गरेको छ ।

के भन्छन् कम्पनी ?
यसबारे कम्पनीको धारणा बुझ्न हामीले कम्पनीका मालिक शौरभ ज्योतिलाई सम्पर्क गर्न खोजेपनि हाम्रो प्रयास सफल हुन सकेन । त्यसपछि हामीले उक्त कम्पनीमा फोन गरी यसबारे बुझ्न खोज्दा उक्त कम्पनीका कर्मचारीले आफुलाई यसबारे केहि पनि थाहा नभएको भन्दै फोन राखेकी थिइन् । यता आपूर्तिमन्त्रीले भने यसबारे बुझेर अनुगमनमा पठाउने बताएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: