×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर लगानीकर्ता संघका उपाध्यक्ष अर्घाखाँची जिल्ला क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा सिफारिस

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष समेत रहेका तारा प्रसाद फुलेल नेपाली कांग्रेस अर्घाखाँची जिल्ला क्षेत्र नं १ बाट प्रदेश सभा सदस्य समानुपातिक तर्फबाट सिफारिस भएका छन् । लामो समयदेखि नेपाली पूँजी बजारमा सक्रिय रहेका फुलेल काँग्रेसको राजनीतिमा पनि सक्रिय थिए ।
यसै बीच उनले आफुलाई सिफारिस गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । ‘अर्घाखाँची, क्षेत्र नं १का गाउँ/नगर कार्य समितिका पदाधिकारीहरू,वार्ड समितिका पदाधिकारिहरू,क्षेत्रिय समितिका सभापति लगायतका साथिहरू र जिल्ला कार्य समितिका सभापति लगायतका पदाधिकारिहरू,मेरा सम्पूर्ण पार्टिका बिभिन्न तह र तप्काबाट मलाई सल्लाह सुझाव प्रदान गर्नुहुने सम्पूर्ण लाई हृदयदेखिनै धन्यवादका साथै आभार प्रकट गर्न चाहान्छु । मलाई प्रदेश नं ५ अर्घाखाँचि जिल्ला क्षेत्र नं १ बाट प्रदेश सभा सदस्य समानुपातिकतर्फबाट योग्य ठानी केन्द्रमा सिफारिस गरिदिनु भएकोमा ।’ उनले सामाजिक संजालमा लेखेका छन् ।  
संघमा उनी निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । नेपाली पूँजी बजारको हक, हित र संरक्षणका लागि निकै खट्ने व्यक्तिका रुपमा परिचित उनी नेपाली सेयर लगानीकर्ताहरुले निकै रुचाएका व्यक्तिसमेत हुन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: