×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोकिएन गरिमा बिकास बैंकको ‘ठगीधन्दा’, भूकम्पपीडीतहरुको पैसामा यस्तो ‘लुट’ !

  • अर्थ सरोकार सम्बाददाता 
भूकम्पपीडीतहरुलाई अनुदानवापतको रकम दिंदा गरिमा बिकास बैंकले जनता ठग्ने गरेको खुलासा भएको छ । अुनदानको पहिलो किस्ता बापतको रकम वितरणका क्रममा प्रति लाभग्राहीसँग रु एक हजार बैंकले राखेर सुरु गरेको यस्तो लुट अहिलेसम्म जारी छ । शून्य रकममा खाता खोली पचास हजार पाउने सम्झौता सरकारसँग भएपनि बैंकले लाभग्राहीलाई गुमराहामा पार्दै जम्मा ४९ हजार मात्र दिने गरेको छ । १०० रुपैयाँ बैंकमै राख्नु पर्ने स्वघोषित नियम बनाउंदै बैंकले जनतालाई ठगेको हो । लाभग्राहीहरु गरिमा बिकास बैंकमै आइरहुन्, र गरिमासँगै कारोबार गरिरहुन् भन्दै बैंकले यस्तो गरिरहेको बैंककै कर्मचारी बताउँछन् । अधिकांश चेपाङ र अन्य पिछडिएका जाति समेत बसोवास भेगका लाभग्राहीहरुसँग पनि बैंकले जवरजस्ती यस्तो नियम बनाइदिएको छ ।  
‘हुन त हाम्रो देशमा कहाँ चाहिं लुट छैन र ? गरिमा बिकास बैंक त बिकास बैंकमध्येकै एक नम्बरको लुटेरा बैंक हो । बैंकले सवै लाभग्राहीसँग रु १ हजारका दरले रकम राख्दा यस क्षेत्रका २ हजार ३ सय ५३ जना लाभग्राहीबाट रु हजारको दरले २३ लाख ५३ हजार बैंकमा जम्मा हुने देखिन्छ । कतिपय लाभग्राहीले पहिलो किस्ता पछि घर नबनाउने हुँदा एक हजार रुपैया लिनका लागि मानिसहरु बैंकमा जाँदैनन् । कतिपयलाई त त्यो १००० रुपैयाँ पनि आफ्नै हो भन्ने पनि थाहा छैन । बैंकमा ग्राहक संख्या पनि बध्नेभायो । बैंकको आफुलाई बलियो देखाउने स्पष्ट नियत देखिएको छ ।’ एक लाभग्राहीले अर्थ सरोकार डटकमसँग भने । ‘ बैंकले पैसा दिन पनि निकै ढिलासुस्ती गरेको छ । बैंकको चरम लापरवाही देखिएको छ । असार २१ गतेको मितिमा काटिएको चेक साउन ६ गते बैंकमा पुगेको थियो । चेकमा हस्ताक्षर गल्ती भएको ढिला गरि मात्र थाहा पाएको भन्ने गैर जिम्मेवार भनाइ बैंकको छ । सरकारले गलत बैंकलाई छान्दा यस्तो समस्या आयो ।’ ती सेवाग्राहीले अर्थ सरोकारसँग भने । 
सरकार रमिते, असक्षम बैंकलाई काम दिंदा जनता मारमा 
यसो त बैंकले १००० रुपैयाँ कटाएर दिने, धेरै सुस्त सेवा दिने, कर्मचारीहरुले निकै नराम्रो व्यवहार गर्ने, गरिव-दुखी देख्दा हप्काउने जस्ता उजुरी पटक पटक विभिन्न ठाउँमा परेको छ । तर सरकार नै रमिते भएर गरिमा बिकास बैंकजस्तो असक्षम बैंकलाई भूकम्प पीडीत अनुदान रकमजस्तो संवेदनशील चीजलाई गलत बैंकको जिम्मा लगाउँदा यस्तो समस्या आएको हो । बैंकले निकै ढिला रुपमा काम गर्दा एकातर्फ जनता मारमा त परेका छन् नै, अर्को तर्फ १००० रुपैयाँबारे स्पष्ट जानकारी नदिंदा बैंकमा थुप्रै रकम फ्रीज भएर बस्ने र तीनै जनतालाई त्यहि १००० रुपैयाँको अभाव भइरहने देखिएको छ ।

के भन्छ बैंक ?
मुग्लिन स्थित गरिमा विकास वैंकका व्यवस्थापक नारायण महतो लाभग्राहीलाई बैंकमा आउने र हस्ताक्षर गर्ने बानी परोस् भन्नका लागि यस्तो गरिएको तर्क गर्छन् । रकम ढिला आएको बारे प्रश्नमा उनी बैंकमा प्राविधिक कारणले त्यस्तो भएको बताउँछन् । यता केहि समय अगाडी पनि बैंकले जनता ठगीरहेको भन्ने समाचार बाहिर आएपनि अझै पनि बैंकले आफ्नो ठगीधन्दा रोकेको छैन । पछिल्लो समय अनुदानको रकम लिन आउनेलाई समेत बैंकले यस्तैगरी ठगीरहेको छ । यता बैंकले उक्त १००० रुपैयाँपनि दिने खबर पाएर बैंक पुगेका केहि लाभग्राहीहरुलाई बैंकले रित्तो हात पठाएको छ ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: