×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोडल हेर्ने इक्षादेखि सेयरको शिक्षासम्म एकै ठाउँमा, युवाहरुको मन जित्दै युवा पोष्ट !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाली अनलाइनहरुको भीडमा छुट्टै पहिचान बोकेर आफ्ना पाठकमाझ आएको युवा पोष्ट डटकम छोटो समयमानै लोकप्रिय बन्दै आएको छ । अनलाइन भन्ने बित्तिकै समाचार पोर्टल मात्र बुझ्ने पाठकका लागि नयाँ स्वाद बन्दै युवा पोष्टले युवा केन्द्रित विभिन्न सामाग्री पस्कन थालेपछि उक्त अनलाइन छोटो समयमानै लोकप्रिय बन्दै गएको हो ।
विभिन्न इभेन्टका फोटो ग्यालरीहरु, विभिन्न मनोरन्जनात्मक खुराक, जागिरका अवसर, यौन स्वास्थ्यसम्बन्धि जिज्ञासा र समाधान लगायतका युवा केन्द्रित खुराकले युवा पोष्टलाई अझ बलियो बनाएको छ । छोटो समयमा नै सामाजिक संजालमा पनि निकै रुचाइएको युवा पोष्टले प्रविधि र खेलकुद सम्बन्धि विभिन्न समाचारहरुलाई पनि स्थान दिएर प्रकाशन गर्ने गरेको छ ।
अनलाइनमा रहेको ‘मोडल ग्यालरी’ लाई पाठकले विशेष रुचाएका छन् । धेरै बर्षअघि साइबर संसार लगायतका अनलाइनमा निकै रुचाइएको यो पक्ष पछिल्लो समय विभिन्न अनलाइनहरुमा औपचारिकताका लागि मात्र राखिने गरिएको छ । तर युवा पोष्टले यसलाई विशेष प्राथमिकता दिँदा यसले दर्शकको मन जित्न सफल भएको छ । जागिरका विभिन्न अवसर र कलेज सम्बन्धी जानकारीले उक्त अनलाइनले अझ युवालाई तान्न सफल भएको छ।
यसो त पछिल्लो समय नेपाली युवाहरुमा बिकास हुँदै गएको नयाँ रुचीहरुलाई पनि अनलाइनले समेट्न सकेको छ । सेयर बजार सम्बन्धी जानकारी र युवाका ब्लगहरुलाई समेत अनलाइनले प्राथमिकता दिंदा यसको चर्चा छोटो समयमा नै धेरै युवामाझ पुगीसकेको छ ।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकार लीलानाथ घिमिरे प्रधान सम्पादक रहेको यो अनलाइनलाई जब डेस्क प्रालिले पाठकमाझ ल्याएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: