×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टुरिष्ट उम्मेद्धारको आरोप लागेपछि आरजुले किनन् कैलालीमा दुई तले घर

काठमाडौं – कैलाली क्षेत्र नम्वर ५ बाट चुनाव लड्न लागेकी नेपाली कांग्रेसकी नेत्री तथा प्रधामन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले कैलालीमा घरवास किन्न भएकी छिन् । वाम गठबन्धनका उम्मेद्धारहरुले आरजुलाई टुरिष्ट उम्मेद्धारको आरोप लगाउन थालेपछि उनले घरबास किन्न लागेकी हुन् ।

बर्दिया २ नम्वर क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी आरजु अन्तिम समयमा कैलाली जाने निर्णय गरेकी थिइन । कैलाली ५ बाट नेपाली कांग्रेसका सभापति तथा पति देउवाले चुनाव लड्दै आएका थिए । तर देउवा डडेल्धुराबाटै चुनाव लड्ने भएपछि आरजु कैलाली पुगेकी हुन् । डडेल्धुरा स्थानीय ठेगाना र काठमाडौं बुढानीलकण्ठ निवासी आरजु कैलालीका लागि नयाँ र जिल्ला बाहिरकी उम्मेद्धार हुन् । जिल्ला बाहिरबाट आएको भन्दै उनलाई टुरिष्ट उम्मेद्धारको आरोप लाग्न थालेको थियो ।
प्रतिस्पर्धी दलहरुको आरोपलाई चिर्न उनले कैलालीमै घर किन्न थालेकी छिन् । स्थानीय शारदा हमालको दुई तले घर किन्न लागेको आरजु निकट स्रोतले बताएको छ । कैलालीमा घर किनेर उनले आफु यहीको बासिन्दा भएको देखाउन खोजिरहेकी छिन् । – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: