×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेकपाका सेक्रेटरीसहित ४ जना गिरफ्तार

नेकपाका कार्यकर्ताका जिल्ला सेक्रेटरीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ, मेची अञ्चल व्यूरो सदस्य दर्शन भन्ने दीपक लताङ्ग्री, सांस्कृतिक मेची व्युरो संयोजक नवल गजमेर र झापा क्षेत्र नम्बर १ का किसान संगठनका क्षेत्रीय संयोजक खोम मिश्रलाई प्रहरीले गिरफ्तार गरेको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । स्थानीय तहको चुनाव खारेज गरेको नेपाल कम्युनिष्ट पार्टीले प्रदेश र प्रतिनिधि सभाको चुनाव पनि खारेजका लागि अभियान चलिरहेको छ । शान्तिपुर्ण रुपमा भइरहेको चुनाव बहिस्कार अभियानमाथि प्रहरी धरपकड बढेको भन्दै उक्त पार्टीले आपत्ति जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: