×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वर्षमान पुनको सुराकीमा नेकपाका सेक्रेटरीसहित आधा दर्जन नेता–कार्यकर्ता गिरफ्तार

रोल्पा – निर्वाचनको मिति नजिकिँदै जाँदा प्रहरी प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि गिरफ्तारी तथा धरपकड सुरु गरेको छ ।
रोल्पा, रुकुमलागयत देशभरबाट बुधबार आधा दर्जन नेता–कार्यकर्ताहरु गिरफ्तारमा परेका छन् । प्रहरीले रोल्पा सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीको कामको सिलसिला बुधबार दिउँसो विना कारण गिरफ्तार गरेको नेकपा रोल्पाले बताएको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ सुराकी तथा निर्देशनमा सेक्रेटरी प्रयासलाई गिरफ्तार गरिएको नेकपा रोल्पाले जनाएको छ । सेक्रेटरी सुवेदी माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदीका छोरा हुन् ।
त्यसैगरी बुधबार नै रुकुमबाट राप्ती ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्कालाई सदरमुकाम मुसिकोट गिरफ्तार गरिएको छ ।
त्यस्तै कम्युनिष्ट पार्टी पाँचथरका २ जिल्लास्तरीय नेता एलिया नेम्वाङ र डिल्लिराम कटुवाललाई प्रहरीले गिरफ्तार गरेको छ
फाल्गुनन्द–३ चिलिङदिनका गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल लाई पक्राउ गरेको प्रहरीले स्वीकार गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: