×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विद्या भण्डारी शीतलनिवास नछाड्ने मुडमा, फेरि राष्ट्रपति बन्न चलखेल !

काठमाडौँ – विद्यादेवी भण्डारीले दोश्रो कार्यकाल पनि राष्ट्रपति बन्ने चाहना राखेकी छन् । उनले एमाले नेताहरुसँग आफू अर्को एक कार्यकाल राष्ट्रपति बन्न इच्छुक रहेको भन्दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गरेकी छन् ।
शीतल निवास श्रोतका अनुसार भण्डारीले आफू पुनः राष्ट्रपतिमा दोहोरिन चाहेको सन्देश एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल हुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत समेत पु¥याइसकेकी छन् । राष्ट्रपतिबाट हट्नभन्दा पनि त्यसपछि कसरी बाँकी जीवन बिताउने भन्ने चिन्ताले राष्ट्रपतिलाई पिरोलेको दाबी स्रोतको छ ।
‘सक्रिय राजनीति गर्ने समय र उमेर हुँदाहुँदै उहाँ राष्ट्रपति बन्नुभयो’, राष्ट्रपतिका एक सल्लाहकारले भने, ‘अब एक कार्यकाल शीतलनिवासमै बस्न पाए हुन्थ्यो भन्ने उहाँको चाहना स्वभाविक छ ।’
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव चार वर्षका लागि राष्ट्रपति भए पनि उनले झण्डै आठ वर्ष शीतल निवासमा बिताएका थिए । यसैबीच उपराष्ट्रपति ननन्दबहादुर पुनले राष्ट्रपतिले शीतल निवास नछाड्ने भए आफू पनि उपराष्ट्रपति दोहोरिने मनस्थिति बनाएको उनीनिकट स्रोतले बतायो ।
राष्ट्रपति हटेमा भने उनले पनि छाड्ने मनस्थिति बनाएका छन् । आगामी १० र २१ मंसिरमा संघीय प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि संसदमा निर्वाचन हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: