×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एमाले उम्मेदवार भगवती चौधरीलाई उपप्रम गच्छदारले किन दिए सिध्याइदिने धम्की ?

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र चुनावी तालमेलपछि अताल्लिएको नेपाली कांग्रेसले सत्ताको चरम दुरुपयोग गर्दै बाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि आक्रमण गराउने र धम्क्याउने श्रृंखला मच्चाएको तथ्य खुलेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा आचार संहिता उलंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने रनेकपाको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन थालेको पाइएको छ ।
पछिल्लो समय उपप्रधान तथा स्थानीय विकासमन्त्री एवं कांग्रेस नेता बिजयकुमार गच्छदारले सुनसरी ३ की एमाले उम्मेदवार भगवती चौधरीलाई चुनाव प्रचार प्रसारमै नखट्न धम्की दिन लगाएक छन् ।
चुनावी प्रचारको क्रममा रहेकी चौधरीलाई गच्छदारले परिवारको सदस्य समाप्त पारिदिने धम्की कार्यकर्तामार्फत दिएको दैनिक नेपालले उल्लेख गरेको छ । ‘छोराछोरी र परिवारका सदस्यको माया भए चुप लागेर बस्नु, अन्यथा जेसुकै हुनसक्छ,’ गच्छदारको सहयोगीलको भनाई उधृत गर्दै चौधरी परिवारका एक सदस्यले भने ।
पछिल्लो समय चुनाव हार्ने अवस्था देखेपछि गच्छद्धारले एमाले उम्मेदवार चौधरीलाई चरम मानसिक यातना समेत दिएको बताईएको छ । उनले प्रहरी र कर्मचारीसमेत आफ्नै सहयोगी रहेको र आपराधिक मानिससमेत प्रयोग गर्न सक्ने भन्दै धम्की दिएका हुन् ।
यता प्रदेश २ का संयोजकसमेत रहेका एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट बढेपनि सरकारले कुनै ब्यवस्था मिलाएको छैन । ‘धम्की बढिरहेको छ, सुरक्षा थ्रेट छ तर सरकारले माग्दा पनि उपलब्ध गराएको छैन,’ सप्तरीका एक नेताले भने ।
उता कांग्रेस उम्मेदवारलाई भने थ्रेट नभए पनि सुरक्षाकर्मी उपलब्ध गराइएको छ । एमाले पोलिटब्युरो सदस्य शेरधन राईमाथि पनि कांग्रेसकै योजनामा टेम्के मैयुममा आक्रमण गराइएको बताइएको छ ।
यस्तै संखुवासभामा कांग्रेस कार्यकताले एमाले कार्यकर्ताको घरमा जवर्जस्तती आफ्नो झण्डा राखेर निहु खोज्दै आक्रमण गर्ने काम भएको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता बिष्णु रिमालले जनाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: