×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माकेनिकट अनलाइनले विप्लव-प्रकाण्डबारे झुटो समाचार प्रकाशित गरेपछि नेकपाले गर्‍यो भण्डाफोर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले केही सञ्चारमाध्यमले सुनियोजित रुपमा पार्टीका विरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै त्यसबारे भ्रममा नपर्न आग्रह गरेको छ ।
नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै पार्टी महासचिव र प्रवक्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको भन्दै प्रकाशित गरिएको समाचार विल्कुलै झुट रहेको बताए । सञ्चारमाध्यमको बदनाम नै गर्ने गरी यस्ता विल्कुलै कल्पना गरेर समाचार नलेख्न उनले आग्रह पनि गरे ।
पार्टीका विरुद्ध भ्रम उत्पन्न गर्न र आफ्नो सस्तो स्वार्थ पूरा गर्न समाचारको सामान्य सिद्धान्त समेत पूरा नगरी सुनियोजित रुपमा केही सञ्चारमाध्यम लागेको भन्दै त्यस्ता कार्य बन्द गर्न पनि प्रवक्ता प्रकाण्डले आग्रह गरेका छन् ।
उनले प्रकाशित समाचार पढ्ने जो कसैले पनि कपोलकल्पित समाचार हो भन्ने थाहा पाउने गरी समाचार लेख्न लाग्ने पत्रकार र सञ्चारमाध्यमलाई आफ्नो पेशाको गरिमा कायम राख्न र समग्र मिडियालाई बदनाम नगर्न पनि आग्रह गरेका छन् ।
केही दिन अघि माओवादी केन्द्र निकट अनलाइन सञ्चारमाध्यममा नेकपाका महासचिव विप्लव र प्रवक्ता पकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको र त्यसबारे पार्टीमा विवाद चलेको भन्ने समाचार प्रकाशित भएको थियो ।
प्रवक्ता प्रकाण्डले अहिले माओवादी केन्द्रका नेताहरु एकातिर आफै भ्रमपूर्ण समाचार लेखाउने र लेख्ने अनि अर्कोतिर त्यही समाचार पढेर नेकपाका विरुद्ध गाली गर्नतिर पनि लागेको बताए । साथै माओवादी केन्द्रका मान्छेहरु अत्यन्तै कल्पना गरेर विवादास्पद र भ्रमपूर्ण समाचार लेखाउने र ती समाचार मिडियाको सिद्धान्त र मुल्य मान्यता समेत थाहा नपाउने कमजोर अनलाइन सञ्चारमाध्यममा पठाएर छपाउनतिर पनि लागेको प्रवक्ता प्रकाण्डले बताए । अनि त्यही समाचारका बारेमा माओवादी केन्द्रका नेताहरु टिप्पणी गर्दै हिडेको पनि उनले बताए ।
केही दिन अघि मात्र तिनै सञ्चारमाध्यममा आएका समाचारका आधारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा सार्वजनिक भाषण गरेका थिए । नेकपाले आफ्ना नेता र उम्मेदवारमाथि लुकिछिपी आक्रमण गरेको भन्दै हिम्मत भए युद्धको घोषणा गर्न प्रचण्डले चेतावनी पनि दिएका थिए ।
प्रचण्डको उक्त भनाई अत्यन्तै पूर्वाग्रही पूर्ण र उत्तेजित बनाउने भावमा आएको प्रवक्ता प्रकाण्डले बताए । आम जनतामा नेकपाप्रति भ्रम उत्पन्न गराउने र आफ्नो पार्टी र आफूप्रति सहानुभूति बटुल्ने योजना अनुरुपप प्रचण्डले यस्ता भनाई बाहिर ल्याएको पनि उनले बताए । नेकपाको नेतृत्वमा नेपालमा क्रान्ति अगाडि बढिरहेको कुरा बुझ्न प्रचण्डलाई आग्रह गर्दै त्यसलाई बदनाम गर्ने र भ्रम उत्पन्न गर्ने कार्यमा नलाग्न चेतावनी दिए ।
प्रवक्ता प्रकाण्डले केही दिन अघि रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तमाथि नेकपाका कार्यकर्ताले गोली हानेको भन्ने कुरा पनि गलत भएको बताए । त्यसदिन रोल्पामा उल्टै प्रहरीले आतंकित भएर अनन्तकै निर्देशनमा स्थानीय सर्वसाधारण जनतामाथि गोली चलाएको बताए ।
जनयुद्धकालमा सहादत प्राप्त गर्ने सहिदका परिवारले अनन्तको प्रचार टिममाथि ढुंगा हानेको खबर आफ्नो च्यानलमा आएको प्रकाण्डले जानकारी गराए । स्थानीयले ढुंगा हानेपछि अनन्तको चुनावी प्रचारप्रसार टोली र उनको सुरक्षामा गएको प्रहरीले आतंकित भएर अन्धाधुन्ध फायरिङ गरेको बताए ।
प्रवक्ता प्रकाण्डले देशलाई यथास्थितिको गोलचक्करमा राखिरहन चाहने ‘दलालहरु’ले नेकपाको नेतृत्वमा देशमा क्रान्तिको प्रक्रिया अगाडि बढिरहेको कुरा थाहा पाउनुपर्ने पनि बताए । यसलाई बदनाम गर्ने गरी अनेक भ्रम छर्ने, मिनिमाइज गर्ने वा नजरअन्दाज गर्ने प्रयास नगर्न उनले चेतावनी दिए ।
वर्तमान संसदीय निर्वाचनले देशमा द्वन्द्व मात्र निम्त्याउने बताउँदै संसदीय व्यवस्था नेपालबाट पूर्ण रुपमा असफल भइसकेको दावी प्रकाण्डको छ । उनले असफल भइसकेको संसदीय व्यवस्थामा जति रङ रोगन गरे पनि त्यसले नेपाल र नेपालीका परिवर्तनका चाहना कदापी पूरा नगर्ने बताए । यो चुनावले राजनीतिलाई झनै भ्रष्ट बनाउने र भ्रष्टाचारलाई संस्थागत गर्ने बाहेक अरु केही नगर्ने उनले दावी गरे ।
संसदवादी नेताहरु आफ्नो अत्यन्तै व्यक्तिगत स्वार्थमा केन्द्रित भएर राजनीति गरिरहेको र राजनीतिलाई कमाउने धन्धा बनाइरहेको बताउँदै उनले त्यस्ता नेताहरुलाई मत दिएर उनीहरुको मनोमानी र भ्रष्टाचारजन्य क्रियाकलापलाई वैधानिकता नदिन पनि प्रवक्ता प्रकाण्डले आम जनतालाई आह्वान गरे ।
यस्तो चुनावलाई खारेज गर्न आग्रह गर्दै देशको समृद्धि र वास्तविक परिवर्तनका लागि एउटा सशक्त आन्दोलनको आवश्यकता छ भन्ने नेकपाको उद्घोष झन झन पुष्टि हुँदै गएको उनले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: