×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिचाई राज्यमन्त्री तथा काँग्रेस नेता पुन चढेको गाडीमा बम बिष्पोट

रोल्पा – नेपाली काँग्रेस रोल्पाका सभापति एवम सिचाई राज्यमन्त्री अमरसिंह पुन चढेको गाडीमा बम बिष्पोट भएको छ ।
बिहीबार दिउसो चुनाव प्रचारप्रसारका लागि रोल्पाको घोडागाउँमा जाँदै गरेका बहालवाला सिंचाइ राज्यमन्त्री पुन चढेको गाडीमा बम प्रहार भएको हो ।
चुनाव नजिकिंदै जाँदा बिष्पोटका घटनाहरु बढ्दै गइरहेका छन् । आजै बागलुङ गलकोटको हटियामा बम विस्फोट भएको छ । प्रहरीले चुनाव बहिष्कार अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले बम प्रहार गरेको आरोप लगाए पनि नेकपाले भने अस्वीकार गरेको छ ।
पार्टीका राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाँठाले आफूहरुले शान्तिपूर्ण रुपमा विरोध गरिरहेको भन्दै नेकपाको नाममा तेस्रो पक्षले फाइदा उठाएको प्रतिक्रिया दिएका छन् । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
गठबन्धनका शिर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम स्थल नजिकै बम बिष्पोट भएको थियो ।
गठबन्धनका नेता कार्याकर्ता विभिन्न ठाउँबाट र्यालीसहित कार्यक्रम स्थलफर्त जाँदै गर्दा बिष्पोट भएपछि स्थानीय आतंकित भएका थिए। प्रचण्ड र वली कार्यक्रम स्थल आईपुगेका थिएनन् । केसी भने बुधबार बेलुका नै गलकोट आईपुगेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: