काभ्रेमा काँग्रेस उम्मेदवारको गाडीमा बम बिष्फोट

काभ्रे -  काभ्रेमा काँग्रेस उम्मेदवारको गाडी एम्बुसमा परेको छ । गए राती काभ्रेको रोशी गाउँपालिका १० वाल्टिंङ भन्ने ठाउँमा काभ्रेमा काँग्रेस उम्मेदवारको गाडी एम्बुसमा परेको हो । प्राप्त जानकारी अनुसार एम्बुस बिष्फोटबाट काँग्रेसका प्रदेशसभा १ का उम्मेदवार चन्द्र बहादुर लामाको गाडीको पछाडीको भाग ध्वस्त भएको छ ।

घटनामा परी गाडीमा सवार एक जना घाइते भएको खबर छ । बिष्फोटबाट थप क्षति के कति भएको भन्ने विवरण आउन सकेको छैन । काँग्रेस उम्मेदवार लामा बिगतमा गुण्डागर्दीमा संलग्न रहेकोले उनलाई स्थानीयहरुले गुण्डा नाइकेको रुपमा चिन्ने गर्छन ।

प्रहरीले भने यसबारेमा बिस्तृत खबर आइनसकेको बताएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
प्रकाशित : Thursday, November 30, 2017
,

recent

Popular Posts