×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

उपत्यकाका ४ सिट माओवादीलाई, ललितपुर–३ मा पम्फा भुषाल

काठमाडौँ  – माओवादी केन्द्रले उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो लगाएको छ । बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको काठमाडौँ –६, ८ र १० त्यस्तै ललितपुर–३ को प्रतिनिधिसभामा उमेदवारी टुंगो लगाएको हो ।
पार्टीका काठमाण्डु इन्चार्ज लेखनाथ न्यौपानेका अनुसार काठमाण्डु–६ मा उमेश स्थापित, ८ मा झक्कु सुवेदी र १० हितमान शाक्य उमेदवार तोकिएका छन् ।
त्यस्तै ललितपुर–३ मा भने प्रवक्ता पम्फा भुषाल चुनाव लड्नेछिन् । भुषाल ०६४ सालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
काठमाडौँ ८ बाट उमेदवार बन्न लागेका सुवेदीले ०६४ को निर्वाचनमा एमालेको तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई हराएका थिए भने शाक्य काठमाडौँ–६ बाट निर्वाचित भएका थिए ।
यसअघि काठमाण्डु १० मा नेता रामबहादुर थापा बादललाई अघि सार्ने तयारी गरे पनि निर्णय भने शाक्यको पक्षमा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: