×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जो बाम गठबन्धनका कारण लोकतन्त्र खतरामा भन्दै कांग्रेसमा उभिए

काठमाडौं । तीन वा चार दशकसम्म राष्ट्रसेवक कर्मचारीको भूमिकामा रहेका पूर्वप्रशासकहरूले एमाले र माओवादीको गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको भन्दै कांग्रेसको पक्षमा उभिएका छन् । नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय निर्वाचन परिचालन  समितिका संयोजक बालकृष्ण खाँणको पहलमा आइतबार नयाँवानेश्वरस्थित एक फुडल्याडमा भएको अन्तरक्रियामा ति प्रशासकहरूले मुलुकमा राजनीति स्थायित्व कायम राख्न र आर्थिक विकासका कार्यक्रम सञ्चालन गरी समृद्धि हासिल गर्न आसन्न निर्वाचनमा नेपाली कांग्रेसले जित्नु पर्ने तर्क गरेका हुन् । 
सहभागीहरूले बामपन्थी गठबन्धनले ५० बर्ष शासन गर्ने र दुई तिहाई वहुमत ल्याएर संविधान संशोधन गर्ने कुरा गरेर लोकतन्त्रवादी सबै नेपालीलाई झस्काएको दावी गरे। नेपालमा रहेको धार्मिक, सांस्कृतिक, जातिय, भौगोलिक विविधतालाई एकदलीय कम्युनिष्ट व्यवस्थाले संबोधन गर्न नसक्ने उनीहरूको जिकिर थियो ।
बुद्धिजीवी तथा व्यवसायीहरूको सो बृहत भेलामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा, पूर्वमुख्य सचिव डा. विमल कोइराला त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनिया, पूर्वसचिव विश्वप्रकाश पण्डित, पूर्व गभर्नर दीपेन्द्रपुरूष ढकाल, पूर्वराजदूत डा.दुर्गेशमान सिंहले कांग्रेसको चुनावी घोषणा पत्र र नीति तथा कार्यक्रमले यूवा पुस्तालाई आकर्षित गर्ननसकेको समेत वताए । उनीहरूले यूवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रम कांग्रेसले ल्याउन नसकेको बताए । 
नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रमेबहादुर खड्का, कलाकार तथा तेश्रो लिङ्गी भूमिका श्रेष्ठ, प्रा.मधुरा कार्की, पूर्वराजदूत शम्भुराम सिंखडा,पूर्वप्रशासक टीकादत्त निरौला, प्रा.डा पुष्कर बज्राचार्य, व्यवसायी दिव्यमणि राजभण्डारी, नेपाल इञ्जिनियर्स एशोसियनका अध्यक्ष  हरेराम श्रेष्ठ, साहित्यकार तथा पत्रकार हरि अधिकारी, प्रा. डा. खगेन्द्र भट्टराईले निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन नसके स्वतन्त्र प्रेस, न्यायिक स्वन्त्रता, वाक स्वतन्त्रतामाथि अंकुस लाग्न सक्ने चेतावनी दिए । 
यस्तो सुझाव 
योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले यूवा पुस्तालाई कांग्रेसले कुनैं कार्यक्रम दिन नसकेको भन्दै आफ्नै नाति कांग्रेसलाई भोट दिने पक्षमा नभएको जिकिर गरे। राष्ट्र वैंकका पूर्वगभर्नर ढकालले परिवारका छोरा, छोरी वा नाति नातिनालाई समेत परम्परागत ढंगले चलेको कांग्रृेसप्रति विश्वास र भरोसा नभएको जिकिर गरे । कांग्रेसमा यूवा पुस्तालाई कुनैं भूमिका र जिम्मेवारी नदिने र योगदानको मुल्याङ्कन समेत नहुने हुँदा यूवा पुस्तालाई आकर्षित गर्न नसकिएको प्राध्यापक मधुरा कार्कीले गुनासो गरिन् । 
पूर्वसचिव विश्वप्रकाश पण्डितले एमाले र माओवादीले गठबन्धन र तालमेल गर्दा कांग्रेसका नेताहरू पहिले आतिएको र अहिले प्रतिष्पर्धा गरिए जित्न सकिन्छ भनेर बल्ल मनोवल बढेको वताए । एमालेका ९० जना मात्र उम्मेदवारले प्रतिनिधिसभातर्फ प्रतिष्पर्धा गरेकोले उनीहरू नैं ७० वा ७५ स्थान जित्न सक्ने भनेर दाबी गरिरहँदा कांग्रेसले व्यवस्थापन राम्रो गरे एमालेको हाराहारीमा  जित्ने दाबी गरे ।
मौन अवधिको भरपुर प्रयोग एमालेले गर्ने गरेको भन्दै वास्तविक प्रचार र भिडन्त मौनअवधिमा हुने गरेको वताए । लोकतन्त्रवादी हुँ भन्नेले आफ्ना शाखा सन्तानलाई विदेश पठाउने गरेको तर लोकतान्त्रिक देशमा बसेर लोकतान्त्रिक पार्टीको पक्षमा उनीहरूले वकालत गर्न र पार्टीले गराउन नसकेको वताए । उनले कम्युनिष्ट पार्टीको सदस्यता लिनेहरूलाई लोकतन्त्र भएका देशमा भिष्षा दिँईदैन भन्ने एजेण्डालाई कांग्रेसले अघि सारे यूवालाई आकर्षित गर्न सकिने वताए । 
सवैजसो प्रशासकहरूले कांगेसको नेतृत्वमा भएका राम्रा कामको वारेमा जनतालाई बुझाउन नसकेको, प्रचार गर्न नजानेको, सामाजिक सञ्चालको उपयोग गर्न नसकेको, यूवालाई जिम्मेवारी नदिएको, कांग्रेसबिरूद्धका आरोपको खण्डन नगर्ने जस्ता क्रियाकलापले कांग्रेसको पक्षमा यूवा र जनमत तुलनात्मक रूपमा आकर्षित गर्न नसकेको वताए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: