×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली अन्तशुल्क स्टिकरको कारोबार गर्ने गुप्तालाई उन्मुक्ति

काठमाडौं – भारतबाट नक्कली अन्तशुल्क स्टिकर बनाएर नेपाल ल्याउने गिरोहलाई सरकारले कारबाही नगरी उन्मुक्ति दिएको छ । तीन करोड रुपैयाँबराबरका नक्कली अन्तशुल्क स्टिकर भारतबाट नेपाल भित्र्याउने विनोदकुमार गुप्तालाई २०७४ कात्तिक १२ गते सर्वोच्च अदालतबाट रिहा गर्ने आदेश भएपछि अवैध कारोबार गर्नेहरुको मनोबल बढ्न गएको छ । भारतबाट भन्सार छली नक्कली स्टिकर भित्र्याउँदै आएका भारतीय नागरिक गुप्तालाई न्यायाधीशद्वय दीपककुमार जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिहा गर्न आदेश दिएसगै नक्कली कागजात र स्टिकरको कारोबार नियन्त्रण नहुने अवस्थामा पुगेको छ ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जले उनलाई तीन करोड ३९ लाख रुपैयाँबराबरका नक्कली स्टिकर भित्र्याएको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको अवस्थामा अदालतले रिहा गर्न आदेश दिएपछि सो अनुसन्धान अहिले ‘पेन्डिङ’ हुन पुगेको छ । २०७४ भदौ १७ गते वीरगञ्ज भन्सार कार्यालयका जाँचकीले भारतबाट आएको एक ट्रक चेक जाँच गर्ने क्रममा मदिरामा टाँस्ने अन्तशुल्कका नक्कली स्टिकर फेला पारेको थियो । सोही स्टिकर नेपालका मदिरा उद्योगहरूले प्रयोग गर्दै अर्बौं राजस्व छली गरेको भन्दै राजस्व कार्यालयले मुद्दा दायर गरेको थियो । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ८६ हजार चार सय ७० थान नक्कली अन्तशुल्क स्टिकर भारतबाट छापेर ल्याउने मुख्य नाइके विनोद गुप्ता, हरिओम ट्रेडिङ प्रालिका सञ्चालक कुलप्रसाद राजभण्डारी र उनका सहयोगी प्रकाश घिमिरेलाई पक्राउ गरी २०७४ भदौ २० गते आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा बुझाएको थियो । राजभण्डारी पक्राउपछि थप चार जना पक्राउ परेका थिए । तर मुख्य नाइके गुप्तालाई छाडेपछि नक्कली स्टिकर प्रकरणमा अहिले कुनै कारबाही अगाडि बढाएको छैन । ती स्टिकर प्रयोग गरी अर्बौं रुपैयाँ राजस्व छली गर्ने यति डिष्टिलरीका रवि केसी, हिमालयन डिष्टिलरीका विजयबहादुर शाहले ठूलो रकम खर्च गरी विनोद गुप्तालाई छुटाएर भारत भगाएको आरोपसमेत स्रोतको छ । सो स्टिकर भारतमा छापेर नेपालका डिष्टिलरीहरूले प्रयोग गर्ने गरेको समेत प्रष्ट भएको छ । – आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: