×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चुनावको मुखैमा डिआइजीहरुको एआईजीमा बढुवा, को–को भए सिफारिस?

काठमाडौं – चुनावको मुखैमा नेपाल प्रहरीका ४ जना डिआइजीहरु एआईजी बढुवा सिफारिसमा परेका छन् ।
एआईजीको थप दुई वटा दरबन्दी थप गरी चारजनालाई एआईजी बढुवामा सिफारीस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
डिआईजीहरू हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवा सिफारिसमा परेका छन्। उनीहरू सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् ।
तीन महिनाअघि नै सरकारले दुई वटा एआइजीको दरबन्दी सिर्जना गरेको थियो । प्रतिस्पर्धी धेरै भएपछि फेरि दुईवटा दरबन्दी थपिएको हो ।
योसँगै नेपाल प्रहरीमा अब एआइजीको संख्या १६ पुगेको छ । १५ जना प्रशासनतर्फ तथा एकजना प्रहरी अस्पतालमा एआइजी हुने भएका छन् । बढुवा सिफारीस भएका एआईजीहरूलाई कहाँ राखिने तय भएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: