×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

७८ वर्षीय वृद्ध नेम्वाङका प्रतिस्पर्धी, ज्येष्ठताका आधारमा जित्ने दावी

इलाम – मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै छन् ।
उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली कांग्रेसबाट उम्मेदवार हुन् । जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु’, राईले भने। राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उनीभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा हुन् । – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: