सुनचाँदीको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५५ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ५५ हजार ५ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Thursday, November 02, 2017
,

recent

Popular Posts