×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लिफ्ट माग्दा पेस्तोल भेटियो, यसरी फसिन माओवादी उम्मेदवार सुशीला

काठमाडौं – सामान्य चिनजानको व्यक्तिको मोटरसाइकलमा लिफ्ट मागेर गन्तब्यतर्फ जाँदै गर्दा माओवादी केन्द्रकी एक उम्मेदवारमाथि आपत आइलागेको छ ।
माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिम्खडाले लिप्ट मागेको मोटरसाइकल चालकको साथबाट पेस्तोल र ३ राउण्ड गोली भेटिएपछि उनलाई पनि आपत आइलागेको हो ।
गोरखाको आरुघाट गाउँपालिकाबाट भीमसेन गाउँपालिकातर्फ ७३प ३३८६ मोटरसाइकलमा सिंखडा जाँदै गर्दा मोटरसाइकल धावामा प्रहरी चेकिङमा परेको थियो । चेकिङ थाहा पाएसँगै चालक आफूले बोकेको झोला छाडेर भाग्न सफल भएका थिए । त्यसपछि प्रहरीले झोला खानतलासी गर्दा ९–एमएम पेस्तोल र ३ थान गोली फेला पारेको हो ।
सोलगत्तै सिंखडालाई प्रहरीले नियन्त्रणमा लिएपनि वास्तविकता बुझेर सामान्य सोधपुछपछि छाडेको माओवादी केन्द्र गोरखाका इन्चार्ज चूडामणि खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले फरार भिमसेन ४ का गुणप्रसाद खनाल भएको बताए । प्रहरीले फराको खोजीकार्य भइरहेको जनाएको छ ।
यता गोरखामा माओवादी उम्मेदवारको साथबाट हतियार बरामद भएको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् ।
प्रहरीले सिंखडा सवार मोटरसाइलबाट अवैध पेस्तोल र तीन थान गोली बरामद गरेलगत्तै भट्टराईले ट्वीट गरे । ट्वीटमार्फत भट्टराईले आपत्ति जनाएका हुन् ।
माओवादी उम्मेदवारका साथबाट हतियार भेटेनुलाई भट्टराईले गम्भीर अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् । त्यस प्रकरणबाट सबै बेलैमा गम्भीर हुनुपर्नेमा समेत जोड दिएका छन् ।
‘आज गोरखाको धावामा मके (माओवादी केन्द्र) का जिम्मेवार नेता/कार्यकर्ता हातहतियारसहित पक्राउ पर्नु गम्भीर अनिष्टको संकेत । सबै बेलैमा गम्भीर बनौं’, भट्टराईले भनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: