×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले नेता केसी र नेतृ चाैधरीको अबैध याैन सम्बन्धबाट जन्मिएकाे शिशु जिउँदै नहरमा फालियो

नेकपा एमालेकी नेतृ हिराकुमारी चौधरीले अवैध रुपमा जन्माएको शिशुलाई जिउँदै सिँचाई नहरमा फ्याकेकी छन् । बर्दियाको मधुवन न.पा-४ ढोढरीकी चौधरीले श्रीमान हुँदाहुँदै अाफ्नै पार्टीका स्थानीय नेतासँगको अवैध सम्बन्धबाट जन्मिएको बच्‍चालाई सिँचाई नहरनमा फ्याकेकी हुन् ।
स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिकाको उपमेयरकी उम्मेदवार रहेकी चौधरीले यसरी शिशुलाई नहरमा फालेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । उनले आफूले शिशुलाई नहरमा फ्याकेको स्वीकार गरेकी छन् । स्थानीय तह निर्वाचनको क्रममा नेतृ चौधरीले आफू अरुजस्तो महिला नभएको भन्दै भोट मागेकी थिइन् ।
सोही नगरपालिका-६ का एमाले स्थानीय नेता डम्मर के.सी.सँगको यौन सम्बन्धबाट बच्चा जन्मिएको चौधरीले बयान दिएकी छन् । बयानका आधारमा प्रहरीले केसीलाई पनि पक्राउ गरेको छ ।
बर्दिया प्रहरीका अनुसार चौधरीले शुक्रबार साँझ अवैध शिशुलाई नहरमा फ्याकेको बयान दिएकी छन् । प्रकाउ परेका के.सी.ले आफुलाई लगाएको आरोपको खण्डन समेत गरेका छन् ।
शुकबार सामाजिक संजालमा बच्चाको फोटो सार्बजनिक भएपछि केसीले यस्ता घटना घट्नुमा महिलामात्रै दोषी नभएको प्रतिक्रिया दिएका थिए । प्रहरी हिरासतमा रहेकी एमाले नेतृ चौधरीका श्रीमान नेपाल प्रहरीमा जागिरे छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: