×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्षमान र महराको गृह जिल्लामा घट्यो दुखद घटना, एकै घरका ३ जनाको विभत्स हत्या, शोकमा डुब्यो रोल्पा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ कार्तिक २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

बर्षमान र महराको गृह जिल्लामा घट्यो दुखद घटना, एकै घरका ३ जनाको विभत्स हत्या, शोकमा डुब्यो रोल्पा

माओवादी नेता बर्षमान पुन र कृष्णबहादुर महराको जिल्लामा दुखद घटना घटेको छ । चुनावको मुखैमा रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको विभत्स हत्या गरेका छन् ।
२५ वर्षीया छोरी पेवावती केसी तथा दुई वर्ष र तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको बञ्चरो प्रहार गरेर लीलबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
छोरी पेवावतीले बिरामी बाबुलाई भेट्न तीन दिनअधि माइत आइकी थिइन् । लीलबहादुरका पत्नी तीर्था र छोरा भागेर बाच्न सफल भएको बताइएको छ ।
लीलबहादुर पुन मानसिक असन्तुलनसँगै केही दिनदेखि बिरामी परेका थिए । बुबा बिरामी भएको खबर थाहा पाएपछि पेवावती छोरी बोकेर बिरामी बुबा भेट्न माइत आएकी थिइन् ।
जेठी छोरीलाई पिठ्यूँमा बोकेर र कान्छी छोरीलाई काखमा राखेर चाउचाउ खाइरहेको बेलामा एक्कासि बञ्चरो प्रहार गरेर हत्या गरेको बताइएको छ ।
हत्या गरिएको छोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको बताइएको छ । हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनापछि पुरै रोल्पा शोकमा डुबेको छ भने स्थानीयहरु त्रसित भएका छन् ।
शनिबार मात्रै चुनावी प्रचारप्रसारमा हिडेका माओवादी केन्द्रका नेता बर्षमान पुनमाथि रोल्पामै आक्रमण भएको थियो । रोल्पा उपराष्ट्रपति नन्दकिशोर पुन र पुर्व साभामुख ओनसरी घर्तीको समेत गृहजिल्ला हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: