×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी केन्द्रले गर्‍याे ३ पोलिटब्युरो सदस्यसहित १० केन्द्रीय नेतालाई पार्टीबाट निष्काशन

काठमाडौँ – माओवादी केन्द्रले आफ्ना पार्टीका ३ जना पोलिटब्युरो सदस्यसहित १० जना केन्द्रीय नेताहरुलाई पार्टीबाट निष्काशन गरेको छ । आगामी निर्वाचनमा पार्टीको निर्णय र नीति बिपरित ६ नम्बर प्रदेशको हुम्ला र सल्यानबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिने र बागी उम्मेदवार प्रस्ताब गर्ने र समर्थन गर्ने १० जना नेताहरुलाई पार्टीले कारबाही गरेको हो ।
माओवादी केन्द्र ६ नम्बर प्रदेशको कार्तिक २३ गते बसेको बैठकले बागी उम्मेद्वारी दिने र पार्टी नीति बिपरित गतिबिधी गर्ने १० जना नेताहरुलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेपछि पार्टी केन्द्रीय कार्यालयले बिहिबार उनीहरुलाई पार्टी सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ।
माओवादी केन्द्र र एमालेबीच बाम तालमेल गरेर पार्टी निर्वाचनमा हुमिएको बेला आफ्नै गठबन्धनका अधिकारिक उम्मेदवारलाई हराउने जस्तो गम्भीर अनुशासन उलंघनको काम गारेको भन्दै माओवादी केन्द्रीय कार्यालयले उनीहरुमाथि कारबाही गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: