×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कांग्रेसको उम्मेदवार बाबुराम हैनन्, मै हुँः नारायणकाजी श्रेष्ठ

गोरखा – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा–२ को नेपाली कांग्रेसको उम्मेदवार समेत आफू नै भएको बताएका छन् ।
गोरखा क्षेत्र नं– २ मा एमाले–माओवादी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार रहेका श्रेष्ठले कांग्रेसको उम्मेदवार पनि आफैं भएको बताए ।
बाबुराम भट्टराईविरुद्ध कडारुपमा प्रस्तुत भएका श्रेष्ठले बाबुरामलाई कांग्रेसले समर्थन नगर्ने दाबी गरे । नेता श्रेष्ठले कांग्रेस कार्यकर्ताहरुलाई विवेकका साथ आफूलाई भोट हाल्न आग्रह गरे ।
‘तपाईहरुले गलत निर्णय नगर्नुहोला, विवेक पुर्‍याउनुहोला,’ बुधबार केपी ओली र प्रचण्डको आतिथ्यमा गोरखामा आयोजित चुनावी सभामा बोल्दै श्रेष्ठले भने, ‘पक्कै पनि अवसरवादीलाई सहयोग गर्नुहुन्न । नगर्नुस्, कांग्रेसको उम्मेदवार पनि छैन, तपाईहरुको उम्मेदवार मै हुँ ।’
श्रेष्ठले बाबुराम भट्टराई नेपाली कांग्रेसकै जरो उखेल्ने मान्छे भएको भन्दै जरो उखेल्नेलाई नभई आफूलाई मत दिन आग्रह गरे ।
‘उहाँले वामपन्थीसँग मिलेको दिन कांग्रेसको जरो उखेल्छु भनेको होइन ?’ श्रेष्ठले भने, ‘अब यस्तै अवसरवादलाई परास्त गर्न र लोकतन्त्रलाई बलियो बनाउन विवेक पुर्‍याएर मत दिनुस् ।’ – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: