×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डडेल्धुरामा अर्को घर किन्दै आरजु देउवा

धनगढी – नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले राणा कैलाली क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गरिरहेकी छिन् । उनले हालै धनगढीमा खरिद गरेको भनिएको घरका विषयमा पूर्वप्रधानमन्त्री केपी ओलीले समेत ‘एकझोला पैसाले घर किनेको’ भन्दै कटाक्ष गरेका छन् ।
घर खरिद प्रकरण र त्यसको स्रोतबारे बिबाद आएपछि जवाफमा आरजूले अब डडेल्धुरामा पनि अर्को घर बनाउने र जमेर राजनीति गर्ने बताइन् । घर खरिदबारे आरजूलाई – तपाईंले धनगढीमा घर किन्नुभएको कुरालाई विपक्षीले ठूलै मुद्दा बनाएका छन्, वास्तविकता के हो ?
जवाफमा आरजूले भनिन्- ‘घरै किन्न नहुने के छ र ? बैंकमा ऋण उपलब्ध नै छ । म आफन्तको घरमा बसेर उनीहरुको जीवन डिस्टर्ब गरौं ? बिहानै पाँच सय कप चिया खुवाउँछु । आफन्तजनलाई बिहानै पाँच सय कप बनाउन लगाएर दुःख किन दिने ?’
सुरुमा आफूले भाडामा घर खाजेको तर चित्तबुझ्दो नपाएको आरजूले बताएन् । उनले अगाडि भनिन्- ‘मैले भाडाको घर खोजेकी थिएँ । तर, चित्तबुझ्दो घर पाइनँ । होटेलमा बसेर चुनाव प्रचार गर्ने कुरा पनि भएन ।’
कांग्रेस नेतृ आरजूले घर खरिदका लागि बैंकसँग ऋणको प्रक्रिया अघि बढिसकेको तर लेनदेन हुन बाँकी नै रहेको स्पष्टीकरण दिइन् । राणाले भनिन्- ‘सेञ्चुरी बैंकबाट ऋणको प्रक्रिया अगाडि बढाएकी छु । नेगोसिएसनकै चरणमा छ । किन्ने निर्णय भने भइसकेको छ, किनिसकेकी छैन ।’
उसोभए चुनाव हारियो भने यो घर अर्कैलाई बेच्ने कि आफैं राख्ने ? अनलाइनखबरको यो प्रश्नमा शेरबहादुर देउवाकी धर्मपत्नी आरजूले भनिन्- ‘मेरा श्रीमानको घर डडेल्धुरामै छ । मेरो निर्वाचन क्षेत्र पनि अब यही हो । किन बिक्री गर्छु म यो घर ? अब त डडेल्धुरामा पनि अर्को घर बनाउँछु । म त लङटर्म राजनीति गर्ने हो । अब १५ वर्षको राजनीतिक करिअर म कसरी बिगार्न सक्छु ?’ – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: