×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावका लागि रुपन्देहीमा झण्डै ४५ सय कर्मचारी खटिँदै

पाँचवटा निर्वाचन क्षेत्र र ५ लाख २२ हजार छ सय २ मतदाता संख्या भएको रुपन्देहीमा मंसिर २१ गते हुने दोस्रो चरणको आसन्न प्रतिनिधि र प्रदेशसभाको चुनावमा जिल्लामा रहने पाँच सय ५८ मतदान केन्द्र र दुई सय आठ मतदान स्थलमा तीन हजार ३० निजामती कर्मचारी र २९ सय ६५ शिक्षकमध्ये आठ जनाका दरले चार हजार चार सय ७४ कर्र्मचारीहरु चुनावमा खटिने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । जसमा, राजनीतिक दल सम्बद्ध आधिकारिक संगठनका पदाधिकारीहरु भने चुनावमा खटिन नपाउनेसमेत आयोगले जनाएको छ । 
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने तयारी तीव्ररुपमा भएको जानकारी गराउँदै मतपेटिकाको तयारी, मतपत्र पनि आएको र कर्मचारी बाँडफाँटलगायतका अधिकांश कार्यहरु भइसकेकाले १० गतेबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने कार्यक्रम रहेको बताए । भण्डारीले रुपन्देहीमा शान्ति पूर्ण तरवबाट निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायहरुसँग दैनिक समन्वय गरी सुरक्षा चुनौतीको अवस्थाबारे छलफल गरी मतदाताको सुरक्षित मताधिकारका लागि तयारी अवस्थामा रहेको बताए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले चुनावका लागि रुपन्देहीमा नेपाल प्रहरी तयारी अवस्थामा भएको जानकारी गराँदै २३ सय ७८ म्यादी प्रहरी १६ सय ६६ नेपाल प्रहरी मात्र नभएर सशस्त्र प्रहरीबल नेपाल, नेपाली सैनिकहरुको सुरक्षा घेराभित्र मतदान हुने हुँदा सुरक्षाको विषयमा कुनै कुन्जायज मान्नुपर्ने आवश्यकता नभएकाले सुरक्षित मताधिकारको अधिकारका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा भएकाले ढुक्कसँग मतदान गर्न आग्रह गरे ।
झण्डै २० वर्षपछि भएको स्थानीय निर्वाचनपछिको इतिहासको पहिलो प्रदेशसभाको र प्रतिनिधिसभाको चुनावको समयमा देखिएका हिसात्मक गतिविधिहरुले एक हिसाबले सर्वसाधारणहरु त्रसित बनाएको छ । रुपन्देहीमा पनि विगतमा घटेका केही घटनाहरुले गर्दा सुरक्षाको चुनौती पनि उत्तिकै छ भने, खुला भारतीय सिमाना र चुनावविरोधी गतिविधि गर्नेहरु नसल्बलाउलान् भन्न सकिन्न । यस्तो अवस्थामा जिल्लाका हरेक सुरक्षा निकायमात्र नभएर चुनावलाई शान्तिपूर्ण रुपमा सफल बनाउन बुद्धिजीवी सर्कललगायत आमनागरिकको दायित्व पनि हो त्यसैले गर्दा सुरक्षा निकायले मात्र सुरक्षा गर्नुपर्छ भन्ने भावनाको अन्त्य गरेर सुरक्षाको सवालमा सुरक्षा निकायलाई सहयोग गरौं भन्ने भावनाको पनि विकास गर्नु अहिलेको आवश्यकताको विषय पनि हो । – आर्थिक दैनिकबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: