×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्ड र ओली सहभागी कार्यक्रम स्थलमै बम पड्कियो

बाग्लुङ – आगामी मंसिरको चुनाव नजिकिंदै जाँदा देशभर बम आतंकले निर्वाचनमा सहभागी दलहरुलाई हैरान पारेको छ । कतै उम्मेदवारलाई लक्षित गरेर गोली प्रहार र बम बिष्पोट हुन् थालेका छन् भने कतै चुनाव प्रचार-प्रसार सभा भइरहेको सभा स्थलमै बिष्पोट हुन् थालेका छन्।
यस्तै चुनावीसभाको तयारी भइरहेका बेला बिहिबार दिउसो बाग्लुङको गल्कोटमा बम बिष्पोट भएको छ। दिउसो १ बजे हुने कार्यक्रमको तयारी गर्दै गर्दा सभास्थल नजिकै बिष्पोट भएको त्यहाबाट हाम्रा संवाददाता नबिन बिकले जनाएका छन्।
चुनावीसभालाई सम्बोधन गर्दै देश दौडाहामा रहेका एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज सम्बोधन गर्ने भनिएको गलकोटको चुनावी सभास्थल नजिकै बिष्पोट भएको हो ।
यो समाचार तयार पार्दासम्म बिष्पोट कसले गरायो भन्ने कुरा खुल्न सकेको छैन । हाम्रा संवाददाताका अनुसार कार्यक्रम स्थल नजिकै ठुलो आवाजमा बम पड्किएपछि पहरी घटनास्थल तर्फ गएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: