×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आक्रामक रविन्द्र मिश्र, रक्षात्मक अनिल र प्रकाशमान

काठमाडौं – कम्युनिष्टहरुको बाम गठबन्धन र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनबीच देशभर कडा चुनावी प्रतिस्पर्धा भइरहेका बेला देशकै ठुलो र प्रमुख निर्वाचन क्षेत्र काठमाडौं १ मा भने प्रतिस्पर्धाको रुप फेरिएको छ ।
काठमाडौं १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह चुनावी मैदानमा छन् । उनलाई टक्कर दिन बाम गठबन्धनले बिद्यार्थी नेता अनिल शर्मालाई मैदानमा उतारेको छ । तर यी दुवै गठबन्धनलाई कडा चुनौति दिएका छन् विवेकशिल साझा पार्टीका उम्मेद्धार रविन्द्र मिश्रले ।
मिश्र लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार सिंह र बामगठबन्धनका उम्मेद्धार शर्माभन्दा अगाडी देखिएका छन् । उनको चुनाव प्रचार शैली निकै आक्रमक देखिएको छ । अन्य पार्टीका भन्दा फरक शैली अपनाएका मिश्रले चिया पसलदेखि मतदातासँग प्रत्यक्ष कुराकानीलाई बढि प्राथमिकता दिएका छन् ।
‘अरुलाई हेर्न भयो बारम्वर हामीलाई हेर्नुहोस एकपटक’ भन्दै साझा पार्टी युवा कार्यकर्ता बानेश्वर क्षेत्रका चिया पसलमा विहानै पुग्ने गरेका छन् । क्षेत्र नं १ का सवै चिया पसलमा बिहान मिश्रकै चर्चा चल्ने गरेको छ । तराजु चिन्ह भएका पर्चा बोकेर युवाहरु चिया पसलमा पुग्ने गर्दछन्, र टोलमा प्रभाव राख्ने ब्यक्तिलाई त्यही भेट्ने गरेका छन् ।
मिश्रले चार तहको चुनावी प्रचार अभियान सञ्चालन गरेका छन् । चियागफदेखि मतदातासँग सडक संवादसम्मको प्रचार अभियान थालेका छन् । नयाँ र परिवर्तन खोज्ने राजधानीबासीका लागि मिश्र अबसर बन्ने देखिन्छ । कांग्रेस उम्मेद्धार सिंह पनि पछिल्लो समय मिश्रसँग तर्सिएका छन् ।
काठमाडौं क्षेत्र नं १ मा २२ उम्मेद्धार छन् । महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहालसम्मको क्षेत्र काठमाडौं क्षेत्र नम्वर १ मा पर्दछ ।
स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्ने हो भने पनि मिश्र नै अगाडी देखिन्छन् । यो क्षेत्रबाट विवेकसिल र साझा पार्टीले ११ हजार २०० मत पाएका छन् भने एमाले–माओवादीको १० हजार ९८८ मत रहेको छ । नेपाली कांग्रेसले १० हजार ३ सय ८२ मत ल्याएको छ । मिश्र एमाले माओवादीको गठबन्धनभन्दा २१२ र कांग्रेसभन्दा ८ सय मतले अगाडी छन् ।
पछिल्लो समय उनका पक्षमा माहोल बनेको छ । एमाले माओवादीको गठबन्धनभन्दा कांग्रेसको केही मत मिश्रलाई जाने निश्चित देखिन्छ । तर बामगठबन्धनले पनि आफ्नो मत बचाउन मुस्किल रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: