×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

उपेन्द्र यादवविरुद्ध राजपा सहमहामन्त्रीको बागी उम्मेदवारी, फोरम अध्यक्षलाई पत्तासाफ गर्ने चेतावनी

राजविराज – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।
राजविराजमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ठाकुरले पार्टीको गलत निर्णयविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै पार्टीको सहमहामन्त्रीलगायत साधारण सदस्यसमेत परित्याग गरेको बताए । उम्मेदवारी घोषणासँगै यादबलाई पत्तासाफ गरिदिने उनको चेतावनी छ ।
यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएर पराजित हुनुभएका ठाकुर पछिल्ला मधेश आन्दोलनमा निकै सक्रिय रहेका थिए ।
उनि आफूलाई प्रतिनिधिसभाको टिकट दिइने भन्दै चुनावको तयारीमा जुटेका थिए । तर ठाकुर आकांक्षी रहेको निर्वाचन क्षेत्रमा राजपाले संघीय फोरम नेपाललाई दिएपछि ठाकुरले गठबन्धनले गरेको बाँडफाँड बाहिर आएलगत्तै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन ।
त्यस्तै, गत शनिबारदेखि टिकटका लागि राजविराजमा आमरण अनशनमा बस्नुभएका राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादवले समेत प्रदेशसभाका लागि मंगलबारै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाेको राजपाका सहमहामन्त्री ठाकुरले जानकारी दिए ।
निष्ठावान र सक्रिय कार्यकर्तालाई पाखा लगाई पार्टीले टिकट वितरणमा भेदभाव गरी नातावाद, पहुँच र व्यक्तिवादका आधारमा टिकट वितरण गरेको भन्दै शुरु गरेको अनशन यादवले मंगलबारदेखि स्थगित गरेका छन् ।
अनशन स्थगित गरेपछि क्षेत्र नम्बर २ (ख) बाट उनले प्रदेशसभामा आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । क्षेत्र नम्बर २ को (ख) बाट राजपाका महासचिव मनिष सुमनको उम्मेदवारी परेको राजपाबाट बुझिएको छ ।
यता बागी उम्मेदवारी दिएकालाई पुनः पार्टीमा फर्काउने प्रयास भइरहेको राजपा नेता गजेन्द्र मण्डलले बताए ।
यसैबीच, वाम गठबन्धनले सप्तरीको दुई÷दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँड गर्दा एमालेका जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन् ।
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो पार्टी भएको क्षेत्रमा माओवादी केन्द्रलाई उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकसहितले अनशन थालेका छन् ।
राजविराजस्थित नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालयमा अनशन बसेका उनीहरुले एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सर्वसम्मतरुपले सिफारिस पठाएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनुपर्ने माग गरेका छन् ।
एमाले केन्द्रीय सदस्य प्याकुरेल क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहनुभएको थियो । तर यो क्षेत्रमा वाम गठबन्धनले माओवादी केन्द्रका अशोककुमार मण्डल (अमर)लाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मण्डल यसअघि दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । एमालेका युवा नेताले भने प्याकुरेललाई यस क्षेत्रमा नदिइएकाले बाध्य भएर आफूहरु भोक हडतालमा बस्नुपरेको बताएका छन् ।
राजविराजस्थित एमालेको पार्टी कार्यालयमा भोक हडताल बसेका उनीहरुले प्याकुरेललाई टिकट नदिएसम्म अनसन बसिरहने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: