×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिला सेलिब्रिटीको भर्जिनिटी टेस्ट गर्ने पत्रकार ऋषी धमलालाई प्रश्न- तपाईले एलिजासँग कति पटक सेक्स गर्नुभयो (भिडियो सहित)

बिभिन्न महिला सेलिब्रिटीहरुलाई नितान्त व्यक्तिगत कुरा खोतलेर हैरान पार्ने पत्रकार ऋषि धमलामाथि उनकै प्रश्न भारी परेको छ ।
महिला सेलिब्रेटीहरुलाई आफ्नो कार्यक्रममा बोलाएर ‘जनता जान्न चाहन्छ भन्दै शारीरिक सम्पर्क र सेक्सका कुरा गर्ने पत्रकार धमलालाई पनि त्यहि प्रश्न सोधिएको छ ।
धमला रिपोर्टर्स क्लबका अध्यक्ष पनि हुन्। धमला मिहिनेति व्यक्ति भने हुन् । उनि बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन |
रिपोर्टर्स क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँमा उनका बाइलाइन पढन र अन्तरवार्ता हेर्न पाइन्छ, त्यो पनि एक हप्ता भित्रैमा । सिंहदरवार देखि शितल निवास, बालुवाटारदेखि बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।
काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन । तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषिलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् ।
तर धमलाले ‘धमलाको हमला’ नामक टिभी कार्यक्रममा ज्योति मगर, ऋचा शर्मा, रेखा थापा लागातलार्इ नितान्त व्यक्तिगत र सेक्स सम्बन्धि प्रश्न सोधेका थिए । शारीरिक सम्पर्क गर्ने नगर्ने कुरा व्यक्तिको पर्सनल कुरा हो, यो कति पटक भयो ? भनेर प्रश्न गर्न नै मुर्खता भएको दर्शक श्रोताहरुको बुझाई छ ।
यी सेलिब्रिटी त् उदाहरण मात्र हुन्, यस्ता अन्य थुप्रै महिलाहरुसंग उनि आफ्नो कार्यक्रममा यो प्रश्न गर्ने गर्छन । भर्जिनिटीकाे कुरा पनि गर्छन, जसकारण महिला सेलिब्रेटिहरूलार्य उत्तर दिन तनाब हुन्छ ।
हिमालयन टिभी बाट प्रसारण हुने टेलिभिजन शो ‘जीवनसाथि’मा उनलाई यस्तो प्रश्न सोधिएको हो। चाडै प्रसारण हुने उक्त शोमा कार्यक्रम संचालिका माल्भिका सुब्बाले ऋषि धमला र उनकी पत्नी एलिजा गौतम संगै अतिथिको रुपमा उपस्थित भएका बेला यो प्रश्न सोध्नेछन।
माल्भिकाले ‘ त्यसो भए जनताको चाहना भनेर ऋषि धमला र एलिजा गौतम बीच कतिपटक यौन सम्पर्क भयो भनेर मैले प्रश्न गर्न मिल्छ?’ भनेर प्रश्न गर्दा ऋषिले के उत्तर दिनेछन ? भिडियो हेर्नुहोस् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: