×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले नेता शेरधन राईमाथि बम प्रहार, २१ राउण्ड गोली चल्यो, अंगरक्षक घाइते

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

एमाले नेता शेरधन राईमाथि बम प्रहार, २१ राउण्ड गोली चल्यो, अंगरक्षक घाइते

भोजपुर – नेकपा एमालेका नेता तथा पुर्ब सञ्चारमन्त्री शेरधन राइलाई लक्षित गरी बम प्रहार भएको छ । भोजपुरमा एमालेबाट प्रदेशसभाका उम्मेद्वार रहेका राईलाई लक्षित गरी बम आक्रमण हुँदा अंगरक्षक घाइते भएका छन् ।
भोजपुर गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला गुम्बा नजिकै राइसहितका नेता कार्यकर्ता चढेको गाडीमा १४-१५ जनाको संख्यामा रहेको अज्ञात समुहले बम प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
सडकको घुम्ति क्रस गर्ने क्रममा भएको बम आक्रमणबाट ल्यान्ड क्रुजर गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।
उम्मेद्वारसहितका अन्य नेताहरु सकुशल रहेको खबर प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म बम कसले प्रहार गरेको भन्ने खुल्न सकेको छैन ।
यस्तै मंगलबार (आजै) संखुवासभामा पनी माओवादी र एमालेका उम्मेदवारसहित सवार गाडी एम्बुस बिस्पोटमा परेको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।
रुकुम र रोल्पामा बाम गठबन्धनका उम्मेदवार र नेताहरुमाथि बम आक्रमण भएको एक साता नबित्दै मंगल पुर्बी नेपालमा एकै दिन २ ठुला बिस्पोट र बम प्रहारका घटना भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: