×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घाइते भएका काँग्रेस उम्मेदवारको आइसीयुमा राखेर उपचार हुँदै, अवस्था जटिल

काठमाडौँ – एम्बुस विस्फोटमा घाइते भएका नेपाली काँग्रेस उदयपुरका उम्मेदवार नारायणबहादुर कार्की र नेविसंघ नेतृ मिरा कट्वाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। उनीहरू दुबैको आइसीयुमा उपचार भइरहेको छ।
कार्कीको हात तथा आँखामा गहिरो चोट लागेको छ भने कट्वालको खुट्टा क्षतविक्षत छ। अज्ञात समूहको एम्बुसमा परी गम्भीर घाइते भएका कार्की उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार हुन्। कट्वाल उदयश्री बहुमुखी क्याम्पस कटारीका नेविसंघ सभापति हुन्। उनकाे अवस्थाा चिन्ताजनक रेहकाे नेपाली काँग्रेसले जनाएकाे छ ।
विस्फोटमा घाइते उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीले जानकारी दिए।
उनीहरूलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइदैछ। घाइते सबै काँग्रेस कार्यकर्ता हुन् । उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ कांग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो। कार्की २०७० सालमा क्षेत्र ३ बाट निर्वाचित सांसद हुन्। घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: