×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकमा अनील शाहको ‘पोर क्लाइमेक्स’, वाहवाहि पाउँदै मेगा छिरेका शाह ‘विचरा’ बनेर निस्के !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कुनैबेला समय थियो, मेगा बैंक आयो, सीइओ अनील शाह भन्ने बित्तिकै कतिका हातका रौँपनि ठाडा हुन्थे । बैंकले खुब केहि गर्छ भन्ने थियो । जताततै मेगाकै चर्चा हुन्थ्यो । र मेगासँगै चर्चा हुन्थ्यो सीइओ अनील केशरी शाहको । तर शाहले बैंक छाड्दा स्थिति ठिक उल्टो भयो । झन्डै एक दशकको भएर यसपाली लगानीकर्ताको हातमा ४ रुपैयाँ थमाएर बैंकले लगानीकर्तालाई निराश बनायो । टुरिजमसँग मर्ज हुने कुराले लगानीकर्ताहरु यसै पनि दुखी थिए ।
सेलिब्रेटी बैंकर बनेर मेगा छिरेका शाह सेन्चुरीमा छिर्दै गर्दा उनीप्रतिको लगानीकर्ताको आश लगभग मरिसकेको छ । ‘अनील शाह बैंकर भन्दा बढी सेलिब्रेटी हुन् भन्ने तर्क दिनेहरु दिन दुइ गुणा रात चौगुणा भएर बढेका छन् । यसो त उनी मेगा बैंकमै रहँदा पनि संचालकहरुको प्रिय पात्र बन्न सकेका थिएनन् । चौतर्फी दबाबका बीच कहिले छोडौं र कसरि छोडौं भएको बेला सेन्चुरीले अफर गरेपछि उनी सेन्चुरी गएका हुन् । यसो त सेन्चुरीमा अनुजमणि तिमिल्सीनाले सीइओ पद छोडेसँगै शाह आफैंले आफु खाली भएको भन्दै सेंचुरीका संचालकहरुलाई फोन गरेको चर्चा बाहिर आएको थियो । तर मेगामा अनील शाह जस्ता देखिन्थे र जस्ता हुन् भन्ने थियो सेन्चुरी छिर्दै गर्दा त्यो सबै भ्रममात्र सावित भइसकेको छ । सामाजिक संजालमा उनी सेन्चुरी गए भन्ने समाचारका कमेन्टहरुमा अव सेन्चुरी बैंक डुब्ने भयो भन्ने सम्मका प्रतिक्रिया आएका छन् । मेगाकै कतिपय संचालक पनि शाहले बैंक छोडेकामा खुसी छन् ।
हुन त करियरमा कहिले तल कहिले माथि हुनु स्वाभाविक पनि हो । केहि समय अगाडीदेखि शाहलाई ‘मेगा दशा’ लागेको कुरा धेरैलाई थाहा छ । चौतर्फी दवावका बीच उनले पनि काम गर्न नसकेको तथ्य पनि छंदै छ । मेगामा वाहवाहि पाएर छिरेका अनील शाह अन्तत बिचरा बनेर सेन्चुरी छिरेका छन् । अव बिचरा बनेर सेन्चुरी छिरेका शाहले फेरि पनि वाहवाहि पाउने गरी काम गर्न सकून्, लगानीकर्ताले यति बाहेक अहिलेका लागि केहि पनि भन्न सक्ने अवस्था छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: