×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अनिल शाहले बैंक छाड्दै गर्दा मेगामा को खुसी छन्, को दु:खी? कसैलाई ‘तनाव, कसैलाई राहत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मेगाका एक कर्मचारी । जो अर्थ सरोकारकर्मीसँग सधैं नजिक थिए र रहनेछन् पनि । प्राय: मेगामा हुने लफडा, विभिन्न काण्डबारे स-प्रमाण जानकारी दिने उनी आज अर्थ सरोकारकर्मीसँगको बसाइमा केहि फरक मुडमा थिए । नयाँ बानेश्वरको एक रेष्टुरेन्टमा कफी पिउँदै आफ्नो ‘मेगा अनुभव’ सुनाइरहेका उनी आज केहि फरक देखिन्थे । कतै खुसी भएको जस्तो । कतै होइन दुखी पो हो कि भनेजस्तो । अलि फरक । प्राय फोनमा कुराकानी गर्ने र मेलमा सम्पर्क गर्ने उनी भेटिएका थिए ।
उनको यस्तो फरक रुप देखेपछी हामीले सोधीहाल्यौं, ‘होइन …जी के भयो ?’
एक सुर्को कफी पुन: तान्दै उनले भने, ‘केहि होइन । बस् मानिस विना कारण खुसी भएको र विना कारण दुखी भएको सम्झेर अचम्ममा परेको छु । अनिल शाहको कति नमीठो बिदाइ हुने भयो । अचम्म लागिरहेको छ । ‘
‘नमिठो बिदाइ ? भन्नाले ?’ 
हाम्रो प्रश्न भूइंमा झर्न नपाउंदै उनले भने, ‘हो नमीठो बिदाइ ।’ अनिल सरलाई अझै पनि मेगा ‘बनाउने’ इक्षा थियो । तर संचालकले उनलाई नराख्ने भएपछी उनले मेगा छोड्ने निर्णय गरे । उनीसँग विकल्प पनि थिएन ।  उनको अन्तिम कामपनि असफल भयो । बैंकका कतिपय कर्मचारी उनी जाने भएपछी चिन्तामा छन् । कोहि खुसीले गदगद छन् । चिन्ताले काम गर्न दिंदैन । बढी खुसीले झन् दिंदैन । सीइओ सरले छोडेपछि मेगाको वातावरण बिग्रने पक्का छ ।
‘प्राविधिक कठिनाइ बैंकमा पक्कै छन् । बैंकले सोचेजस्तो गर्न नसकेको पनि हो ।’ उनी थप बोल्दै गए, ‘बैंकमा थुप्रै लफडाहरु भए । टुरिजमसँगको मर्जर प्रक्रिया अगाडी बढ्न नसकेपछि उहाँलाई ‘असफल सीइओ’को ट्याग पनि लागेकै छ । यसअघि पनि अनिल सरलाई सीइओ कम र सेलीब्रेटी ज्यादा’ बनेको आरोप लागेकै हो । त्यो धेरै हदसम्म सत्य पनि थियो । तर जे जस्तो भएपनि ८ बर्ष बढी सँगै काम गरेको व्यक्ति अन्त जाँदैछ भन्दा कता कता धेरैको मन दुखेको आभास पाएको छु ।’ बैंकका सुरुवातीका दिन, लगानीकर्ताको आशा र टुरिजमसँगको मर्जरका लागि बसेको विशेष साधारणसभासम्म आइपुग्दा बैंकमा भएका अनेकौं लफडा, खुसीका क्षणदेखि अनिल शाहसँग  अन्तरक्रियालाई ‘रिक्याप’ गर्दै उनी बोलीरहे ।
हामी अलि कठोर समाचार लेख्ने भनेर उनलाई ‘स्रोत’ को रुपमा भेट्न गएका थियौं । अक्सर हाम्रो यस्तै कुरा हुन्छ उनीसँग । अघि उनले बोलेको एक शब्दलाई हामीले ‘क्याच’ गर्दै भन्यौं, ‘ल प्रसङ्गमा जाउँ ! अघि तपाईंले मेगामा अनिल शाहले छोड्दा कोहि खुसी छन्, कोहि दुखी भन्ने कुरा गर्नुभयो । यसलाई नै भोलि समाचारको ‘हेडलाईन्’ बनाउने हो । हाम्रो पत्रकारिताको अभ्यास र तपाईंको स्रोतको दायित्व पूरा गरौँ । सुरु गरौँ हाम्रो ‘मेगा समाचार प्रसङ्ग’ । हामी मुस्कुरायौं मात्र उनी गलल हाँसे !
को को दुखी छन् ?
‘केहि कर्मचारी अनिल शाहसँगै काम गर्ने भनेर मेगा छिरेका थिए । कति कर्मचारी छनोट गर्दा अनिल शहा आफैंले समेत कुराकानी गरेका छन् । अनिल शाहनै मेगा हो र मेगानै अनिल शाह हो भन्नेहरु दुखी छन् । अनिल शाहको बोली सुनेरनै काम गर्न जाँगर चल्ने कमचारीको संख्या पनि केहि छ मेगामा । तीनीहरु दुखी छन् । मैले व्यक्तिगत प्रसङ्ग निकाल्न खोजेको होइन । तर यति लामो सहयात्रा सँगै गरेको व्यक्ति अर्को बैंकमा जाँदा हाम्रा डेपुटी सीइओ म्याम, रविना म्याम लगायतपनि दुखीनै हुनुहुन्छ जस्तो लाग्छ ।’ अरु बेला खरो बोल्ने उनी केहि नरम भएर बोले, ‘एचआर विभागका केहि कर्मचारी, रिस्क र क्रेडीट विभागका कर्मचारी पनि दु:खी छन् अनिल शाह जाने भएपछी । सायद यो प्रोफेसनल दुखाइ भन्दा पनि व्यक्तिगत भावना हुनुपर्छ ।’ 
अनि खुसी ? को को खुसी छन् ? हाम्रो प्रश्नमा उनी बोले,
कुरै नगरौं । अधिकांस खुसी छन् । संचालकहरु त झनै खुसी छन् । मर्जरको विपक्षमा उभिएका दीपेन्द्र अग्रवाल पहिले देखिनै अनिल शाहलाई मन पराउँदैनथिए । उनी खुसी हुने भइनै हाले । मेगामा अनिल शाहको कार्यकाल नथप्ने भन्ने अडान लिएका गोपाल खनाल, मदन आचार्य र सीएन पाण्डे भन्दा त अरु को खुसी होला र ? त्यसमाथि मेगाका अध्यक्ष पनि अनिल जाने कुरामा कम खुसी छैनन् ।’
उनले थपे, ‘कर्मचारीमा पनि खुसीको लहर छ । मार्केटिङ विभागका कर्मचारी अव त मेगाका बारेमा खास समाचार बाहिर नआउलान भन्ने कुरामा नजानिँदो पाराले खुसी छन् । कर्मचारी युनियनका केहि साथीहरु, जो अनिल शाहसँग जहिले पनि रुष्ट नै बने, उनीहरु खुसी छन् । कोहि अव आफुले जस्तै दु:ख सेन्चुरीकाले पनि पाउने भए भनेर खुसी छन्, कोहि अनिल शाहले बैंक छोडेको कुरालाई ठुलै राहतको विषय हो भन्ने ठानेर खुसी छन् । कोहि अरु खुसी भएको देखेर त्यतिकै खुसी छन् । यतिसम्मकि अनिल शाहले मेगा छोडेको दिन खाजाको बिल म तिर्छु, ट्रीट खुवाउँछु भन्नेहरु पनि छन् । उनीहरु त्यसै खुसी हुने भइनै हाले । 
अनि तपाईं हामीले प्रश्न गर्यौं,
‘मेगाका भित्री कुराहरु मैले आफ्नो जागिर दाउमा राखेर तपाइँलाई सुनाएँ । हुन त अरु केहि पत्रकारलाई पनि सुनाएको थिएँ । तर अनिल शाहलाई भगवान नै सम्झनेहरुले शाहको खास अनुहार मिडियामा देखाउने आँट गरेनन्, गर्न सकेनन । तपाईंले गर्नुभयो, खुब नहुने  कुरै भएन ।’
समाचार बन्यो । त्यसपछि उनीसँग अरु कुराहरु भए । अव सेन्चुरीमा के के हुन सक्छन् भन्ने कुराहरु भए । अन्त्यमा चुनावका कुरा भए ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: