×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाबुरामका कार्यकर्ताले खाजा खाएको १० लाख रुपैया तिर्न नसक्दा गोरखामा भयो भागाभाग !

काठमाडौैं । दश लाख रकम तिर्न नसक्दा गोरखामा बाबुराम भट्टराईका कार्यकर्ताको भागाभाग छ । एकपटक अर्थमन्त्री र एक पटक प्रधानमन्त्री भइसकेका व्यक्तिले जाबो गाउँको पसलमा खाएको खाजाको पैसा तिर्न नसक्दा कार्यकर्ता मुख लुकाएर हिँडन बाध्य छन् ।
प्रशंग हो, पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टाराईको । अघिल्लो निर्वाचनमा लड्दा उनी र उनका कार्यकर्ताले जिल्लाका विभिन्न पसलमा खाएको उधारो तिर्न नसक्दा त्यहाँ भागाभाग मच्चिएको हो । आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्र दर्बुङ, घ्याल्चोक, फुजेल, भुम्लिचोक, घैरुङ, नाम्जुङ, बुंकोटका विभिन्न होटलमा उधारो खाएको १० लाख भन्दा बढी तिर्नु छ ।
स्रोतका अनुसार अघिल्लो निर्वाचनमा दर्बुङ गाविसका होटलमा खाएको उधारो तीन लाख, नारायण श्रेष्ठको गाउँ घ्याल्चोकमा २ लाख, फुजेलमा २ लाख, भुम्लिचोकमा १ लाख र बाँकी स्थानको समेत जोडेर १० लाख उधारो रहेको छ । सो रकम तिर्न नसक्दा होटलका साहुहरु नयाँ शक्तिका संयोजक भट्टराईसँग आगो भएका छन् ।
जनआस्था साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: