×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Big Question : कसले जित्ला चुनाव ? गोर्खाली जनताले ‘आमा’ रोज्लान् कि ‘सौतेनी आमा’ ?

  • डीपी खकुरेल 
आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले सबैको ध्यान खिचेको छ । अझ त्यसमाथि पनि केहि यस्ता चुनावी क्षेत्र छन्, जसले सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतको ध्यान खिचेको छ । अझ सबैभन्दा बढी चर्चा भएको ठाउँ हो, ‘गोर्खा’ जहाँबाट पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई उठेका छन् भने उनलाई हराउन प्रचण्डले नारायणकाजी श्रेष्ठलाई भट्टराई कै ठाउंमा उठाएको छ । प्रचण्डको जवर्जस्तीले भिडाइएका यी दुइ नेताले सबैको ध्यान खिच्न सफल भएका छन् । प्रचण्ड जसरी पनि बाबुरामलाई हराउन खोजिरहेका छन् भने बाबुराम आफ्नो साख जिवित राख्ने प्रयास गरिरहेका छन् ।
बाबुरामका लागि गोरखा 
बाबुरामको पर्यायनै गोरखालाई लिनेहरु पनि प्रशस्त छन् । नहोस् पनि किन, उनी गोरखाबाटै जितेका र गोरखाका जनताका प्रिय नेता हुन् । गोरखाका जनतालाई पनि नेता भनेकै बाबुराम भन्ने परेको छ भन्ने कुरा कसैबाट पनि लुकेको छैन । जनयुद्धकालदेखि शान्तिसम्झौतासम्म आइपुग्दा गोरखा र बाबुराम एक अर्काका परिपूरक बन्न सफल भएका छन् । यसो त गोरखाबाट उठ्न नपाएरै बाबुरामले बाम गठबन्धन छोडेका थिए । गठबन्धनमा ल्याएर बाबुरामलाई सिध्याउने प्रचण्डको योजना यहींबाट पतन भएको थियो । गोरखामा बाबुरामले हारे भने देशले हार्नेछ भन्ने जनताको लर्को लामो छ गोरखामा । नहोस् पनि किन, गोरखाका जनताले जे जे पाए, सायद बाबुरामकै कारणले पाए । 
गोरखाका जनताका लागि ‘सौतेनी आमा’ नारायणकाजी 
नारायणकाजीको इतिहास गोरखाका जनताले राम्रोसँग बुझेका छन् । उनी कहाँ थिए ? कसरी माओवादीमा आए भन्ने कुरा पनि सबैले बुझेका छन् । उनको योगदान कति छ भन्ने पनि जनताले बुझेका छन् । गठबन्धनका लागि गठबन्धन बनाएको माओवादी र बाबुरामलै हराउने उदेश्यले प्रेरित भएको लडाईले कसकसलाई फाइदा गर्छ भन्ने कुरा पनि गोरखाका जनताले पक्कै बुझेका छन् । गोरखाका जनताका लागि उनी आमा कम र सौतेनी आमा ज्यादा हुन् भन्ने कुरा पनि सबैले बुझेका छन् । सौतेनी आमाले माया नगर्ने पनि होइन । तर अन्तमा जात जनाउँछन् भन्ने कुरा पनि गोरखाका जनताले राम्रोसँग बुझेका छन् ।
प्रश्न एउटै, गोरखाका जनताले सौतेनी आमालाई जिताउलान् कि आमालाई ?
माओवादीको ‘वाद’ बुझेकाले कसलाई भोट देलान् ? गोरखाका विवेकी एमालेहरुले कसलाई भोट देलान् ? सबैको चासो बनेको छ । हुन त यो नतिजा हेर्न अव धेरै दिन बाँकी छैन । तर पनि सत्य यहि हो आमा र सौतेनी आमाको यो लडाईमा गोरखाका जनताले आफ्नो विवेक भने पक्कै पुर्याउनेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: