×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैदेशिक रोजगारीमा जानु अघि यी ७ कुरा बुझेर गए कहिले पनि पछुताउनु पर्दैन

काठमाडौँ-नेपालबाट दैनिक ठुलो संख्यामा युवाहरु विदेश पलायन हुने गरेका छन् । त्योमध्येको पनि ठुलो हिस्सा बैदेशिक रोजगारीमा जाने गरेको छ । तर बिदेशिक रोजगारीका नाममा ठगीमा पर्नेहरुको संख्यापनि उस्तै छ । यी ७ कुरा बुझे कहिले पनि पछुताउनु पर्दैन :   
१. कुन देश जाँदै छु, त्यसबारे बुझ्ने ।
२.  त्यहाँको हावापानी, रोजगारदाता कम्पनी तथा अप्ठ्यारो पर्दा सहयोग गर्ने निकायबारे जानकारी राख्ने ।
३.  आफूले गर्न खोजेको काममा दक्षता हासिल गर्ने ।
४.  म्यानपावरले तोकेको रकमभन्दा बढी त उठाइरहेको छैन ? ख्याल गर्ने ।
५.  स्वदेश र विदेशमा कानुनले तोकेकोभन्दा अन्य क्रियाकलापमा सहभागी नहुने ।
६.  वैदेशिक रोजगारीको क्रममा कमाएको पारिश्रमिक वैध तरिकाले बैंकिङ च्यानलबाट स्वदेश पठाउने ।
७.  विदेशमा काम गरिरहेको कम्पनीबाट भगाउने गिरोह सक्रिय हुन्छ । सम्झौता गरिएको कम्पनी छाड्नु भनेको अवैध हुनु हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: