×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्व माओवादी जनमुक्ति सेनाको बन्दबारे जनता ‘कन्फ्युज्ड’ भएपछी नेकपाले भन्यो, ‘मङ्सिर ८ को बन्द हामीले गरेको होइनौं’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पूर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन् । तर पूर्व माओवादी जनमुक्ति सेनाले गरेको बन्दलाइ नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द भनी हल्ला भएपछी नेपाल कम्युनिष्ट पार्टीले यसको खण्डन गरेको छ । नेकपाका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बन्द आफ्नो पार्टीले नगरेको बताएका हुन्  ।
यद्यपी पूर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द भएको स्पष्ट पारेका छन् । नेकपाले हामीले गरेका होइनौं भन्ने विषयलाई लिएर बन्द नै होइन भन्ने हल्ला चलाएको प्रति आपत्ति जनाउँदै  पूर्व माओवादी जनमुक्ति सेनाका एक अगुवाले मङ्सिर ८ गते बन्द भएको र अवज्ञा गर्नेलाई भौतिक कारवाही गरिने बताएका छन् । 
‘दिउँसो जसले हाम्रो बन्दको प्रतिकार गर्छ । बेलुका छानी छानी कुट्ने हो ।’ पूर्व माओवादी जनमुक्ति सेनाका एक सदस्यले भने, ‘नेपाल बन्द के हो भनेर हामी देखाईदिन्छौं ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: