×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११५ वर्षीया वृद्धाबाट मतदान, मुसुक्क हाँस्दै भनिन्, ‘बृद्धभत्ता दिनेलाई झ्याप्पै भोट हालियो’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

११५ वर्षीया वृद्धाबाट मतदान, मुसुक्क हाँस्दै भनिन्, ‘बृद्धभत्ता दिनेलाई झ्याप्पै भोट हालियो’

काठमाडौँ-निर्वाचनको समयमा बुढा मान्छेले भोट हालेको कुरा चर्चामा आउने गरेको छ । यस्तै प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेको खबरले पनि यतिबेला चर्चा पाएको छ । उनले ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट आइतबार मतदान गरेकी हुन् । 
विसं १९५९ साल चैत १० गते जन्मेकी लामिछानेले छोराको सहयोगमा मतदान गर्न पाएकोमा निकै खुसी समेत व्यक्त गरिन् । साथै उनले आफुलाई पाल्ने पार्टीलाई भोट हालेको समेत बताइन् । भोट हालियो होइन त आमा ? भन्ने प्रश्नमा उनले मुस्कुराउँदै भनिन्, ‘हो त ! हामीलाई पाल्ने वृद्धभत्ता दिनेलाई झ्याप्पै भोट हालियो नि ‘ 
यता सूर्यगढी गाउँपलिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि आइतवार भोट हालेका छन् । उनले भने नाती समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: